arrow

बागलुङमा जिप दुर्घटना : २ को मृत्यु, २ घाईते

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
baglung-accident.jpg

बागलुङ ।  बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा जिप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  घुस्मेलीको काँक्राखोर देखी ताराखोला गाउँपालिकाको कार्यालय अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नम्बरको पिक अप जिप दुर्घटना भएको हो ।

चालक सहित चार जना सवार गाडीमा २ जनाको घटनास्थलमै मृत्यु भएको ताराखोला–२ अर्गलका वडा अध्यक्ष भद्र बहादुर घर्तिले बताए । मृत्यु हुनेमा ताराखोला गाउँपालिका –३ का वडा सदस्य हेमन्त घिमिरे, र सोही स्थानका हरिराम गिरी रहेका छन । त्यस्तै घाईते हुनेमा जिपका चालक ताराखोला–३ का डम्बर बहादुर घिमिरे र सोही स्थानका कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका असही विक्रम दराईले बताए ।

घाईतेहरुको उपचारका लागी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर तर्फ पठाईएको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।  जिप सडक देखी झण्डै ४ सय मिटर तल खसेको छ । दुर्घटना के कारणले भएको हो त्यसको बारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ