arrow

'घरले घरमुली खायो, नेपाल देश नेताले खाए' : रविन्द्र मिश्र

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
rabindra_mishra.JPG

बझाङ ।  माछा मार्न खोला गईयो, खोलाले जाल खायो, घरले घरमुली खायो, भातले थाल खायो भने जस्तै नेपालको राजनीति भएको विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले बताएका छन् । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा विवेकशील साझा पार्टी संगठन विस्तार बर्ष २०७५ को एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
 
नेपाल देश सम्बृद्ध बनाउनका लागि थुपै्र नेताहरुलाइ आफ्नो अमुल्य मत दिएर विजयी गराउने तर ति नेताहरुले जनताले चाहे जस्तो काम गर्न नसेको आरोप उनले लगाए । माछा मारेर जीविका चलाउने सपना देखेर नदी तथा खोलासम्म पुगेका जनताहरुको जाल नै माछाले खाने गरेको र घरमा घरमुलीलाई भात पकान भन्दा पकाई सकेको भात थालमा हाल्दा भात नै थालले खाएका कारण देशको विकास नभएको तर्क घुमाउरो पारामा भन्दै मिश्रले नेपाल देश यहाँका केहि नेताहरुले खाएको आरोप लगाए ।
 
जनताले सधै मरेर काम गर्ने तर नेताहरुले सुख पाउने मरेर काम गर्ने हामी जनताले कहीले पनि सुखको अनुभुति गर्नै नपाउने भन्दै मिश्रले कार्यक्रममा सहभागीहरुलाई प्रश्न समेत गरे। २७ बर्ष सम्म अन्य देशहरुले प्रगती गरे तर नेपालका नेताहरुले संविधान भएन भनेर झगडा गरी रहेको बताउदै मिश्रले २०४७ सालको संविधानले देश विकास गर्नका लागी नरोकेको समेत स्पष्ट पारे। यो केबल नाच्न नजान्ने आगन टेढो भने जस्तै भएको मिश्रको भनाई छ । नेताहरुले आफ्नो कमजोरी लुकाउनका लागी मात्रै बोल्न नै नसक्ने स‌ंविधानलाई दोष लगाएको बताए ।
 
तर पछिल्लो समयमा नेपालको संविधान बदलिएको र नियम, निती समेत बदलिएको भए पनि नेताहरुको नियत भने नबदलिएको मिश्रले आरोप लगाए । कुनै पनि नेपाली जनताले विवेकशील साझा पार्टीमा आउनै पर्छ भन्ने छैन मिश्रले भने नेपाली जनताले स्वतन्त्र नागरिक भैदिए पुग्ने बताए । साथै उनले सम्बृद्ध नेपाल बनाएर नै छोड्ने र सम्बृद्ध नेपाल भएको देखेर ने मर्ने अठोट समेत ब्यक्त गरे।

अन्य पार्टीमा आफु गएको भए आफु बन्ने तर नेपाल देश नबन्ने भएका कारण आफुले नयाँ पार्टी खोलेर आफु भन्दा पनि नेपाललाई सम्बृद्ध बनाउनका लागी लागि परेको मिश्रले बताए।

कार्यक्रममा प्रदेश नम्बर ७ मा संयोजक गोपाल हमलाले अहिलेसम्म आफुहरुले नेताहरुको भाषणमा मात्रै ताली बजाई रहेको तर काम किन भएन भनेर कहिले पनि नसोचेको, खबरदारी नगरेका कारण आफुहरु पछि परेको बताए । साथै उनले नेताको भाषणमा पश्चिम सेती पहिले ने सम्पन्न भैसकेको बताए ।
 
अन्तरक्रिया कार्यक्रममा युवा ब्यापारी नगेन्द्र खड्कालाई प्रदेश नम्बर ७ का संयोजक गोपाल हमाल र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले माटोको टिका लागाई जिल्ला संयोजक समेत चयन गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला संयोजक खड्काले एउटै काम गर्न सम्भव नहुने भएका कारण सबैले हातमा हात थप्दै र हातेमालो गर्दै लाग्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ