arrow

मन्थली तीन दिनदेखि अस्तव्यस्त, व्यवसायीहरु सडकमा, पत्रकारमाथि लाठि चार्ज

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
manthali.jpg

रामेछाप । रामेछापको सदरमुकाम मन्थली बजार विगत तीन दिनदेखि अस्तव्यस्त  बनेको छ  । बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि वीपी राजमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको विरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन ।

रामेछाप छिर्ने ढुवानी सेवालाई रोक लगाए पनि प्रहरीले सिन्धुलीका व्यवसायीहरुसँग मिलेमतो गरी दोलखा जाने ठूला ढुवानीका साधनलाई राति छाडेको भन्दै बुधबार राति मन्थली भैसेश्वरमा प्रहरी र स्थानीय ब्यवसायीहरुवीच झडप भएको थियो । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् ।

राति ९ बजेसम्म २० वटाभन्दा बढी मालबाहक सवारी साधन रोकिएपछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार विफा घिसिङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ भने श्रेठको टाउको फुटेको छ । सुवेदीको शरिरका विभिन्न भागमा चोट छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट छ । घाइतेहरुको तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।  शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै व्यवसायीहरु र प्रहरीविच बेला बेलामा झडप हुदै आएको छ । विहिबार पनि मन्थलीमा विरोधको मोटरसाइकल र्‍याली गर्दै बजार परिक्रमा गरी स्थानिय देवकोटाचोकमा विरोधसभामा परिणत भएको थियो । विरोधसभालाई मन्थली नगरप्रमुख रमेशकुमार बस्नेत, उद्योगबाणिज्य संघका पुर्वअध्यक्ष पशुपतिबहादुर खड्का लगाएतले सम्बोधन गरेका थिए ।

ढुवानीका साधनमा प्रतिवन्ध लगाएपछि रामेछापमा आउने दैनिक उपभोग्य तथा निर्माण सामाग्रिका अभाव भएको छ । जिल्लामा नुन, तेल लगायतका सामाग्रिहरु समेत अभाव भएको रामेछापका उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् भने मुल्य बृद्धि संगै कालोबजारीले बढवा पाउने निश्चित देखिन्छ ।

पत्रकारलाई लाठि चार्ज गरेको भन्दै सर्बत्र विरोध

समाचार संकलनको क्रममा घटनास्थलमा पुगेका पत्रकारहरुमाथि प्रहरीले लाठीचार्ज गरेको प्रति विभिन्न प्रेस संगसम्बन्धित संघसंस्थाहरुले सर्वत्र विरोध गरेका छन् ।  नेपाल पत्रकार महासघ जिल्ला शाखा रामेछापले अन्नपुर्ण मिडिया नेटवर्कका जिल्ला सम्बाददाता एवं महासघंका केन्द्रिय पार्षद युनिक विफा घिसिङलाई प्रहरीले निर्मम कुटपिट गरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

घटनाले सञ्चार माध्यम माथिको स्वतन्त्रतालाई प्रहरी प्रशासनले हस्तक्षेप गरी उल्लंघन गरेको जारी विज्ञप्तीमा उल्लेख छ । जिल्ला अध्यक्ष रमेश ढुङ्गेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको घोर भत्सना गर्दै संलग्न प्रहरीलाई हदैसम्मको कारबाहिको माग समेत गरको छ ।
यता आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले पनि पत्रकार माथि गरेको दुव्र्यवहारको निन्दा गरेको छ ।

 निर्वाध रुपमा समाचार संकलन, छायाङकन तथा प्रकाशन प्रशारण गर्न पाउनुपर्ने पत्रकारलाई स्वतन्त्रता हुदाहुदै प्रहरीले पत्रकारमाथि गरेको आक्रमण तथा दुव्र्यवहारले अत्यन्त गम्भिर चिन्तित बनाएको विज्ञप्तीमा उल्लेख छ । केन्द्रिय महासचिव मनोज घर्तिमगरले हस्ताक्षर गरेको उक्त विज्ञप्तीमा सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहि गर्न र पत्रकारहरुको सुरक्षाको प्रत्याभुति दिलाउन सरकारसंग जोडदार माग समेत गरेको छ ।

यस्तै रामेछाप जिल्ला स्थीत प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सञ्चारिका समुहका अध्यक्ष एवं पदाधिकारीहरुको हस्ताक्षरमा निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाहिको माग गर्दै संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ