arrow

(ने क पा)बाट ट्रम्प–किम वार्ताको स्वागत माकुनेले गरे, ओली–प्रचण्ड मौन ! 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
madhab-nepal-news-aaja.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कोष्ठमा छुट्टा–छुट्टै (ने क पा) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जनगणतन्त्र कोरियाको स्टेट अफेयर्स कमिसन अध्यक्ष किम जोङ उनबीच भएको शिखर वार्ताको स्वागत गरेको छ । 

वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीको ‘लेटरप्याड’मै जारी गरेको विज्ञप्तिमा ‘जुन १२, २०१८ मा सिंगापुरमा भएको प्रथम र ऐतिहासिक शिखर वार्ताको हामी हार्दिक स्वागत गर्दछौँ’ भनिएको छ ।  

यस्तै, अमेरिका र जनगणतन्त्र कोरियाकाबीचमा शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको नेता नेपालले उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘हाालैका दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासहरुमा यस शिखर वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने हाम्रो विश्वास छ ।’ 

उनले मुलुकहरुका बीचमा देखा पर्ने कुनै पनि समस्याको समाधान आपसी सम्वादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस शिखर वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको पनि विज्ञप्तिमा भनेका छन् । 

सहमति भएका विषयहरुलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयहरुमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दीगो शान्ति कायम गराउनेछ । दुई कोरियाबीच गत अप्रिल २७, २०१८ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा हामीले गरेका छौ’ विज्ञप्तिमा भनिएको छ । 

(ने क पा) अहिले संयुक्त नेतृत्व प्रणालीमा छ । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले विज्ञप्ति निकालेनन् । विज्ञप्ति माधव नेपालले निकाले । अाेली प्रचण्ड माैन बसे  । ओलीको आसन्न चीन भ्रमणकै कारण विज्ञप्ति निकाल्न नेता नेपाललाई लगाएको हुनसक्ने बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ