arrow

ट्रेड युनियनमा राती राती पैसाको चलखेल, खिला दाहाल समुहका पौडेल रकम सहित नियन्त्रणमा

खिला दाहाल समुहलाई सभापति देउवाको समर्थन

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
paisa-trade-union-poudel-khila.jpg

काठमाडौं । नेपाल ट्रेड युनियनको महाधिवशनको चुनावको अघिल्लो रात पैसाको व्यापक चलखेल भएको आरोप अध्यक्षका प्रत्यासी पुस्कर आचार्य समुहले लगाएको छ। 

आचार्यको समुहले आफू निकटका महाधिवेशन प्रतिनिधिहरुलाई पैसाले किन्न खोजिएको भन्दै अर्को पक्षमाथि पैसाले महाधिवेशन प्रभावित पार्न खोजेको आरोप लगाएको छ। 

आचार्य समुह निकट बसेको ठाउँमा पैसा बोकेर मोलमोलाइ गर्न गएका केहिलाई पैसा सहित नियन्त्रणमा लिएपछि घटना उजागर भएको आचार्य निकट एक ट्रेड युनियनकर्मीले बताए। 

काठमाडौं महानगरपालिकाका अधिकृत तथा अध्यक्षका प्रत्यासी खिला दाहाल समुहबाट खुल्ला केन्द्रीय सदस्य राम प्रसाद पौडेललाई ६० हजार नगद सहित गौशालामा रहेको पशुपति होटलबाट विहिवार राती आचार्य समुहले नियन्त्रणमा लिएपछि युनियनको चुनावमा फोहोरी खेल उदाङगिएको हो । 

आचार्य समुह निकट चिया वगान संघका अध्यक्ष दिपक तामाङ सहितका प्रतिनिधीहरुले महानगरका अधिकृत पौडेललाई नियन्त्रणमा लिएका हुन्। 

आचार्यले हामीसँग कुरा गर्दै रातीराती पैसाको चलखेल गरेर महाधिवेशनको नेतृत्व चयनलाई प्रभावित गर्न खोज्नु अर्को पक्षको पराजित मानसिकताको उपज भएको बताएका छन्। महाधिवेशन प्रतिनिधि बसेको एउटा होटलमा चनाखो रहेका महाधिवेशन प्रतिनिधीहरुले अवैध क्रियाकलापलाई रोक्न सकेको उल्लेख गर्दै आचार्यले महाधिवेशनलाई पैसाले प्रभावित गर्ने घृणीत खेलमा नलाग्न सबैलाई आग्रह गरे। उनले अन्य महाधिवेशन प्रतिनिधिहरुलाई पनि चनाखो भएर पैसाको चलखेल रोक्न अपिल गरे। 

ट्रेड युनियन काँग्रेसको महाधिवेशनमा आएका मजदुरहरुलाई पैसा दिएर प्रभावित गर्न सकिहालिन्छनी भन्ने सोचले खरिद विक्री गर्न आएकाहरुलाई मजदुरहरुले उनीहरुको हैसियत देखाइदिएको आचार्यले बताए। चिया वगानका मजदुर प्रतिनिधीहरुलाई खरीद गर्न सकिन्छ भनेर पौडेल बैङकबाट भर्खर ल्याइएका नोटको बीटा बोकेर होटलमा पुगेका थिए। उनलाई मजदुरहरुले रंगेहात पैसा समेत नियन्त्रणमा लिइ फोटो खिचेका थिए। पैसा बोकेर आएका पौडेल खिला दाहाल समुहका लागि मत किन्न आएको आचार्य समुहले बताएको छ।

दाहाल समुहले भने चिया वगानका प्रतिनिधिहरुलाई वन्धक बनाइएको जानकारी पाएर गएका साथीहरुलाई उल्टै पैसा बाड्न आएको आरोप लगाइएको बताए। कमजोर भएका साथीहरुले आरोप मात्र लगाएको खिला समुहका नेताहरुले बताएका छन्। 

खिला दाहाल समुहलाई नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाको समर्थन छ भने आचार्यलाई बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्ण सिटौला, शेखर कोइराला र प्रकाशमान सिंह लगायतका नेताको समर्थन छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ