arrow

ट्रेड युनियन काँग्रेसको निर्वाचन हुँदै 

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
nepal-trade-union-congress.jpg

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । 

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनका लागि उभ्याउन सबैलाई समेटेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।

बिहिबार भएको बन्दसत्रमा झण्डै १५० प्रतिनिधिले आफ्नो राय तथा सुझाव राखेका थिए । अध्यक्ष दाहालले प्रतिनिधिले दिएका सुझावलाई एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने उल्लेख गरे । 

ट्रेड युनियनको निर्वाचन भने शुक्रबार हुने भएको छ । निर्वाचनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले निर्वाचनको कार्य शुक्रबार बिहान ७ बजेदेखि सञ्चालन गरिने जानकारी दिए ।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा देशैभरबाट एक हजार ४२० जनाले मताधिकारको प्रयोग गर्नेछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ