arrow

पूर्व मुख्य सचिव सुवेदीको एडीबीको जागिर सरकारले खोस्यो 

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
somlal-subedi.jpg

काठमाडौँ । पूर्व मुख्य सचिव डा सोमलाल सुवेदीको एसियाली विकास बैंक (एडिबी) को जागिर सरकारले खोसेको छ । प्रतिष्ठित पदमा हुँदाहुँदै आर्थिक स्थिति सुधार गर्न मुख्य सचिव पदनै छाडेर सुवेदी जागिर छाडेर फिलिपिन्सको मनिला गएका थिए । 

तर मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले सुवेदीलाई फिर्ता बोलाएको हो । सुवेदीको स्थानमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ । 

उपकार्यकारी निर्देशकमा जागिर खान उनले आलोचनापछि मुख्यसचिवबाट राजिनामा दिएका थिए । त्यतिबेला संसदमा समेत चर्को आलोचना भएका थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ