arrow

पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमा छिर्‍यो कांग्रेस कार्यालय

कांग्रेसले दियो सिंहदरवारभित्रै आन्दोलनको चेतावनी

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
NC-party-office.png

काठमाडौं। नेपाली कांग्रेस सुर्खेत जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण तथा धरपकड गरेकोप्रति नेपाली कांग्रेसले कडा बक्तव्य जारी गरि विरोध गरेको छ ।  

शुक्रवार एक वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमा छिरेको उल्लेख गर्दै यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र नभइ सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ' हिजो मिति २०७५ जेठ ३१ गते सुर्खेतमा भएको घटनाकाप्रति नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ। निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन ।' 

विज्ञप्तीमा शर्माले अगाडी भनेका छन् ' सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो । पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् । तर कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ । यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिन चाहन्छु। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ