arrow

वालिङ नगरपालिका आयोजना पिपिपि मोडेलमा

अनुत्पादक भन्दा उत्पादक लगानीमा जोड

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार १ शुक्रबार
waling.JPG

स्याङ्जा ।  वालिङ नगरपालिका अव देखि पव्लिक, प्राईभेट र पार्टनर सिपको अवधारणा अनुसार अगाडी बढ्ने भएको छ । वालिङ नगरपालिकाको हलमा विरोक एण्ड कम्पनीको सहकार्यमा र नगरपालिकाको आयोजनामा सार्वजनिक निजि साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा नगर भित्र रहेका सम्भावना बोकेकाका आयोजनामा पिपिपि मोडेलमा जाने गरी अगाडी बढेको हो ।

वालिङ भित्रको सम्भावनाको खोजी गर्ने जिम्मेवारी वालिङ नगरपालिकाको र सबै मोडेल तयार पारी लगानीकर्ता आव्हान गर्ने गरी विरोक कम्पनी र वालिङ नगरपालिका विच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । वालिङ भित्रका सरोकारवालहरुको रोहवर र छलफलपछि सो सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता पत्रमा वालिङ नगरपालिकालाई विरोक कम्पनीले सार्वजनिक निजी साझेदारीका सम्बन्धमा तयार गरिएको मस्यौदा ऐनमा उल्लेखित विषयहरुमा सहयोग गर्ने, नगरपालिकाले प्राथमिकतामा पारेका विभिन्न क्षेत्रहरुमा लगानी गर्नकालागि विभिन्न निकायहरुलाई वालिङमा आउने वातावरण सिर्जना गर्ने छ भने नगरपालिकाले त्यसकालागि आवश्यक नीति निर्माण गरी अगाडि बढ्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले आगामी दिनमा सञ्चालन गर्ने योजनाहरु तथा निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने परियोजनाहरुकाबारेमा प्रस्तुति राखेका थिए । “वालिङ नगरपालिकामा लगानीको खाँचो रहेको छ” नगर प्रमुख खाँणले भने, “यहाँ लगानीकर्ताहरुलाई आकर्षित गर्ने र लगानीको सुरक्षा गर्ने वातावरणको सिर्जना नगरपालिकाले गर्छ ।” नगरको विकासकालागि सबै पक्षसित सहकार्य गर्दै अगाडि बढ्ने खाँणले बताए । जनता सगँ पैसा छ तर त्यो पैसा अनुत्पादक क्षेत्रमा लगानी गरिएको छ नगरप्रमुख खाँणले भने अव अनुत्पादक भन्दा उत्पादनमुखी तिर पैसा लगानी गर्न आग्रह गरे । वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणा बोकेर अगाडी बढिरहेको उललेख गर्दै लक्ष्य, योजना र प्लान बनाएर लागेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले आगामी नगर सभाबाट लगानी गर्न सकिने परियोजनाहरु तयार गरी लगानीको वातावरण सिर्जना गर्ने बताइन् । हरेक गाँउको विकास भएमात्रै स्मार्ट वालिङ बन्ने उल्लेख गर्दै उपप्रमुख तिवारीले नीजि क्षेत्र, पव्लिकहरुको पार्टनसिपबाट मात्रै सबै आयोजना सफल हुने बताईन् । कार्यक्रममा विरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तले सार्वजनिक निजी साझेदारी र कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै वालिङ नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको र वालिङमा लगानी भित्रयाउनकालागि लागि पर्ने बताए ।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका महासचिव गिरमान गुरुङ, एशिया फाउण्डेशनका प्रतिनिधि विष्णु अधिकारी लगायतले आकाश, पानी र जमिनमा आर्थिक उपार्जन गर्ने सम्भावना रहेको हुँदा यीनको खोजी हुनु जरुरी रहेको बताएका थिए । वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त पौडेलको स्वागतसँगै शुरु भएको अन्तरक्रियाको कार्यक्रम नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन अधिकृत पदमप्रसाद पाण्डेले गरेका थिए ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ