बझाङ । यार्सा संकलन गर्न गएका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ । यार्सा संकलन गर्ने क्रममा तल्कोट गाउपालिका ६ गडीगाँउका १९ बर्षिया जनक जेठाराको घटनास्थलमा मृत्यु भएको हो ।
साईपाल गाँउपालिका अन्तरगत पर्ने मधुङ्गा भन्ने ठाँउमा यार्सा संकलन गर्न गएका जेठाराको सोही ठाँउमा लडेर ज्यान गएको स्थानीयले बताएका छन् । २८ गते भिर बाट लडेर बेपत्ता भएको जेठारालाई खोज्दै जाँदा ३० गते मृत अवस्थामा फेला पारेका थिए । उक्त ठाँउ टेलीफोन नलाग्ने भएका कारण घटनाको जनाकारी ढिला भएको हो । यसै बर्ष यार्सा संकलन गर्न गएका ३ जनाको मृत्यु भै सकेको छ ।
यसरी बर्षै पीक्ष यार्सा संकलन गर्नेहरुले भिर बाट लडेर, हिउपहिरोमा परी, ढुङ्गा लागेर ४।५ जनाको ज्यान जाने गरेको छ । यस विषयमा सरोकारवाला निकायले चाँसो देखाएका छैनन् ।