arrow

गैर सरकारी संस्थालाई नियन्त्रण गर्न खोजेकोमा आपत्ति

महासंघले बुझायो ज्ञापन पत्र

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार १ शुक्रबार
kap.jpg

कपिलवस्तु ।  गृह मन्त्रालयले गैर सकारी संस्थाहरुलाई नियन्त्रण गर्ने उदेश्यले जेष्ठ २५ गते गरेको जारी सूचना प्रति  देशभरमा गैर सरकारी संस्थाहरुले आपत्ति जनाएका छन् । लोकतन्त्र र स्थापना संविधान निमार्ण तथा समुन्नत समाज निर्माणमा गैर सरकारी संस्था र नागरिक समाजले खेलेको भुमीका विर्सन गई सरकारले गैर सरकारी निकायलाई नियन्त्रण गरी अकुंस लगाउन  लागेको कारण देशभरका गैर सरकारी संस्थाहरुले आपत्ति जनाएका छन् । सरकारले संस्थाले १ वटा मात्र उदेश्य राखेर काम गर्नु पर्ने,विगतमा नविरकण नभएका संस्था १५ दिन भित्र संस्था नविकरण गर्नु पर्ने, कर्मचारी तथा कार्यसमितिको सम्पक्ती विवरण पेश गर्नु पर्ने , चौमासीक रुपमा आयव्याय पेश गर्नु पर्ने जस्ता कामहरुको सूचना जारी गरेको छ ।

सो को विरुद्धमा गैर सरकारी संस्था महासंघ कपिलवस्तुले गृह मन्त्रालयमा ज्ञापन वुझाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तको नेतृत्वमा गएको प्रतिनिधी मुलका टोलीले सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

सरकारले जारी गरेको सूचना तत्काल फिर्ता लिई लोकतन्त्र र संविधानको रक्षा गर्नको लागी अध्यक्ष श्रीवास्तवले माग गरे । सामाजिक रुपान्तरणमा गैर सरकारी संस्थाहरुको भुमीकामा प्रश्न चिन्ह खडा गरी संस्थाहरु माथी नियन्त्रण तथा स्वतन्त्रता माथी दमन गर्नु लोकतन्त्र विरोधी भएको समेत श्रीवास्तवले बताए ।  कपिलवस्तु जिल्ला प्रशासनले समेत गृह मन्त्रालयको सर्कुलर अनुसार  जेष्ठ ३० गते नै सूचना जारी सकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ