arrow

ट्रेड युनियन कांग्रेसको मतदान सकियो

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
nepal-trade-union-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको नेतृत्वका लागि मतदान सकिएको छ ।  

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैटौँ महाधिवेशनअन्तर्गत शुक्रवार अपराह्न २ बजेदेखि शुरु भएर केहीबेर अगाडि सकिएको मतदानमा एक हजार ४ सय २० मतदातामध्ये एक हजार ३ सय ९० ले मतदान गरेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

 मतगणना भने केहीबेरमा शुरु गरिने छ । बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बन्दसत्र र मतदाता नामावली विवादका कारण शुक्रवार  मात्र १७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ