आइजिपी खनाल अमेरिका जानु अघी शसस्त्रका २४ एसएसपीको सरुवा तथा काज
प्रकाशित २०७५ असार १ शुक्रबार
543
Shares
काठमाडौं। गृह मन्त्रालयले शसस्त्र प्रहरी बलका २४ बरिष्ठ शसस्त्र प्रहरी उपरिक्षक एसएसपीको सरुवा तथा काजमा खटाएको छ।
गृह मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट सरुवा तथा काजमा खटाइएका २४को नाम शसस्त्र प्रहरी बलको मुख्यालय हल्चोकलाई पत्राचार गरेको छ।
असार १को गृह मन्त्रीस्तरिय निर्णयको जानकारी गृहले शसस्त्र प्रहरी मुख्यालयलाई १ गते शुक्रवार नै गराएको हो।
काज सरुवा पाउनेमा कुल बहादुर नेम्वाङ आर्थिक प्रसासन निर्देशनालय छन्।त्यसैगरि ई किशोर प्रधान र हरिशचन्द्र अधिकारीको स्टाफ कलेज र नेपाल एपिएफ अस्पतालमा काजमा सरुवा भएको छ। उनीहरु सहित २४को शुक्रवार नै सरुवा निकालिएको थियो।
शसस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल आइतवार अमेरिका जानुअघी एसएसपीहरुको सरुवा तथा काज गरिएको हो।