arrow

ट्रेड युनियन काँग्रेसमा पुस्कर आचार्यको प्यानलले लियो अग्रता, खिला दाहालको प्यानल पछ्याउँदै

logo
प्रकाशित २०७५ असार २ शनिबार
puskar-khilnath.jpg

काठमाडौं। नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन काँग्रेसको नयाँ नेतृत्वका लागि मतगणना शुरु भएको छ। शुक्रवार राती १० वजे पछिबाट शुरु भएको मतगणनाको प्रारम्भिक रुझान आएको छ।

युनियनका प्रमुख निर्वाचन अधिकृत भरत प्रसाद खरेलले दिएको जानकारी अनुसार कुल ३ सय मतगणना गर्दा अध्यक्ष पदमा पुस्कर आचार्यले १ सय ७० मत ल्याएर अग्रता लिएका छन्। खिला दाहालले भने १ सय १९ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। प्रारम्भिक रुझानमा आचार्य ५१ मतले अघी देखिएका हुन्। 

मतगणनाको रुझान अनुसार आचार्यको प्यानल नै अघी देखिएको खरेलले बताए। 

१७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो । कुल १४ सय २० मतदाता रहेको युनियनमा १३ सय ९० मत खसेको थियो। 

यहि गतीमा मतगणना हुने हो भने शनिवार विहान १० वजेसम्म मतगणना सकिने खरेलले बताए। 

आचार्य र दाहालको अलग अलग प्यानल चुनावी प्रतिष्पर्धामा छन्। समुहका कुन कुन पदाधिकारीले कति मत पाए ?
बरिष्ठ उपाध्यक्षः महेन्द्र प्रसाद यादव १४८, अयोध्या प्रसाद यादव १३६
उपाध्यक्ष खुल्लाः तेजेन्द्रजंग कार्की १५७, बम बहादुर डीसी ९१
उपाध्यक्ष खुल्लाः अजय कुमार राई १७४, डिपी अर्याल १०२
उपाध्यक्ष महिलाः इन्दिरा सापकोटा १४८, कल्पना अधिकारी १३६
उपाध्यक्ष सेवाः नेत्र विक्रम थापा  १६८, शंकर लामिछाने १०७
उपाध्यक्ष उत्पादनः ललित श्रेष्ठ १७७, युवराज लामा ९८
उपाध्यक्ष अनौपचारिकः आशा सिंह राठौर १६२, नूर महम्मद रैन ११२
महासचिवः योगेन्द्र कुमार कुँवर १६०, संजय मिश्र १२१
उपमहासचिव खुल्लाः गणेश बहादुर केसी १५३, जनार्दन राम निरौला १०७
उपमहासचिव खुल्लाः ज्योती कोइराला १५३, काजिमान श्रेष्ठ ११५
उपमहासचिव महिलाः राधिका कुइकेल १६४, कमला लामिछाने १०६
उपमहासचिव सेवाः सिताराम अवस्थी १४६, रञ्जन थापा ११८
उपमहासचिव अनौपचारिकः राजेश पालिखे १४२, आत्माराम पौडेल १२१
उपमहासचिव उत्पादनः इश्वर परियार १५१, धिरेन्द्र सिंह ११५
कोषाध्यक्षः मोहन कुमार बस्नेत १६७, ऋषमदेव घिमिरे १११
सहकोषाध्यक्षः शुसिला घिमिरे १६४, तारा कुमारी राई १०३

निवर्तमान अध्यक्ष खिला दाहाललाई नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, उपसभापति विमलेन्द्र निधी सहितका नेताहरुको समर्थन रहेको छ भने आचार्य समुहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, प्रकाशमानसिंह, शेखर कोइराला अर्जुन नरसिंह केसी लगायतका नेताहरुको समर्थन रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ