arrow

ट्रेड युनियन काँग्रेसमा पुस्करको प्यानलका कस्ले कतिले लिए अग्रता?

सभापति देउवाको समर्थन रहेका खिला दाहालको प्यानल पछि

logo
प्रकाशित २०७५ असार २ शनिबार
puskar-khilnath.jpg

काठमाडौं। नेपाली काँग्रेसको सबैभन्दा ठूलो र प्रभावशाली शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन काँग्रेसको मतगणनामा अध्यक्षका उमेद्वार पुस्कर आचार्यको प्यालन नै अघी देखिएको छ।

युनियनका प्रमुख निर्वाचन अधिकृत भरत प्रसाद खरेलले दिएको जानकारी अनुसार कुल ११ सय मतगणना गर्दा अध्यक्ष पदका प्रत्यासी पुस्कर आचार्यले ६ सय ३६ मत ल्याएर अग्रता लिइरहेका छन्। अर्का प्रत्यासी खिला दाहालले भने ४ सय ३७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। गणना अनुसार आचार्य १ सय ९९ मतले अघी देखिएका हुन्। 

२सय ९० मत गन्न वाँकी हुँदा आचार्यको प्यानल नै सबै पदमा अघी देखिएको खरेलले बताए। यो रुझान कायम रहँदा अब पुस्कर प्यालनलाई विजयी घोषणा गर्न मात्र वाँकी रहेको उपाध्यक्षका उमेद्वार अजय राईले बताए।

१७ पदाधिकारीसहित ४४ पदमा हुने मतदान भएको थियो । कुल १४ सय २० मतदाता रहेको युनियनमा १३ सय ९० मत खसेको थियो। 

यहि गतीमा मतगणना हुने हो भने शनिवार विहान १० वजेसम्म मतगणना सकिने खरेलले बताए। 

आचार्य र दाहालको अलग अलग प्यानल चुनावी प्रतिष्पर्धामा छन्। समुहका कुन कुन पदाधिकारीले कति मत पाए ?

अध्यक्षः पुस्कर आचार्य ६३६, खिलानाथ दाहाल ४३७
बरिष्ठ उपाध्यक्षः महेन्द्र प्रसाद यादव ५९१, अयोध्या प्रसाद यादव ४६४
उपाध्यक्ष खुल्लाः तेजेन्द्रजंग कार्की ६२३, बम बहादुर डीसी ३३८
उपाध्यक्ष खुल्लाः अजय कुमार राई ६०२, डिपी अर्याल ३०६
उपाध्यक्ष महिलाः इन्दिरा सापकोटा ५६८, कल्पना अधिकारी ४८२
उपाध्यक्ष सेवाः नेत्र विक्रम थापा  ५९३, शंकर लामिछाने ४२९
उपाध्यक्ष उत्पादनः ललित श्रेष्ठ ६३७, युवराज लामा ३७४
उपाध्यक्ष अनौपचारिकः आशा सिंह राठौर ५७४, नूर महम्मद रैन ४०२
महासचिवः योगेन्द्र कुमार कुँवर ५८२, संजय मिश्र ४४३
उपमहासचिव खुल्लाः गणेश बहादुर केसी ५६२, जनार्दन राम निरौला ३८८
उपमहासचिव खुल्लाः ज्योती कोइराला ५७२, काजिमान श्रेष्ठ ४२६
उपमहासचिव महिलाः राधिका कुइकेल ६५३, कमला लामिछाने ३७४
उपमहासचिव सेवाः सिताराम अवस्थी ६१८, रञ्जन थापा ४४१
उपमहासचिव अनौपचारिकः राजेश पालिखे ५५६, आत्माराम पौडेल ४५७
उपमहासचिव उत्पादनः इश्वर परियार ५६८, धिरेन्द्र सिंह ४४८
कोषाध्यक्षः मोहन कुमार बस्नेत ६०३, ऋषमदेव घिमिरे ४४९
सहकोषाध्यक्षः शुसिला घिमिरे ६२५, तारा कुमारी राई ४१७

केन्द्रीय सदस्यहरुमा यि उमेद्वारहरु अघी देखिएका छन्ः

खुल्ला ८ मा

बलदेव तामाङ ४२९, कुल बहादुर खड्का ३७९, लक्ष्मण प्रसाद भट्टराई ३५१, संजय कुमार दाहाल ३४६, जनकराज पाण्डे ३३६, दुर्गादत्त आचार्य ३३३, विरेन्द्र कुमार शाह ३२५, धुर्वचन्द्र गौतम ३२४, प्रमोद प्रसाद जोशी ३२२

महिला ७मा

सरस्वती ढुङगाना ४५९, लक्ष्मी केसी ४४८, कमला खनाल ४१७, उर्मिला कुमारी ढकाल ३९१, निलम लेखक जोशी ३७९, बाला थापा श्रेष्ठ ३८०, रमामाया गुरुङ ३७४

सेवा ३ मा

पूण्य प्रसाद भट्टराई ४१२,  देवदत्त बडु ३९८ (खुल्ला)

अनिला मण्डल ५२८ (महिला)

उत्पादन ३ मा

केशव बहादुर केसी ४०९, माधव प्रसाद उपाध्याय ३९० (खुल्ला)

चन्दना झा २४९ (महिला)

अनौपचारिक ३ मा

उद्धव बहादुर वानियाँ ३३२, जीत बहादुर गुरुङ ३१५ (खुल्ला)

सितादेवी काफ्ले ४६६ (महिला)

केन्द्रीय सदस्यहरुमा पनि आचार्य प्यानल नै अघी देखिएको छ। अहिलेसम्मको मतगणनामा खिला दाहाल प्यानलबाट एक जना केन्द्रीय समस्यसम्म आउन सक्ने सम्भावना मात्र रहेको छ। 

निवर्तमान अध्यक्ष खिला दाहाललाई नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, उपसभापति विमलेन्द्र निधी सहितका नेताहरुको समर्थन रहेको छ भने आचार्य समुहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, प्रकाशमानसिंह, शेखर कोइराला, अर्जुन नरसिंह केसी लगायतका नेताहरुको समर्थन रहेको छ। 

नेपाली काँग्रेसको राजनीतिमा यो चुनावलाई प्रतिष्ठाको लडाइको रुपमा नेताहरुले लिएका छन्। पछिल्ला समयमा भएका अधिकांश भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनमा सभापति देउवा निकट नेताहरु पराजित भएपछि यो चुनावलाई सभापति देउवाले अत्यन्तै महत्व दिएका थिए। पार्टीको आन्तरिक राजनीतिमा देउवाको विपक्ष खेमाले पनि यो चुनावलाई त्यसैगरि नै महत्वका साथ लिएको देखिन्थ्यो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ