arrow

काँग्रेस कार्यालयमा प्रहरी हस्तक्षेपमा क्षमा माग्न सरकारलाई चेतावनी 

काँग्रेसका १४ केन्द्रीय सदस्यको संयुक्त चेतावनी, आन्दोलन सिंहदरवार घुसाउन नपरोस

logo
प्रकाशित २०७५ असार २ शनिबार
congress-suraket.jpg

काठमाडौं । पटक पटक भएको मूल्यवृद्धिका विरुद्धमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रण लिने नाममा सुर्खेतस्थित काँग्रेस कार्यालयमा प्रवेश गरी प्रहरीले गरेको ज्यादतीको नेपाली काँग्रेसका १४ जना केन्द्रीय सदस्यहरुले कडा आपत्ति जनाएका छन् ।

पार्टी कार्यालयमा समेत प्रहरी प्रवेश गरी कुटपिट, आक्रमण, धरपकड र पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको वर्खिलाप मात्र नभएर दण्डहिनताको पराकाष्ठा भएको उनीहरुले जनाएका छन् ।

नेताहरुले संयुक्त विज्ञप्तीमा जारी गर्दै उनीहरुले कम्युनिष्ट नेतृत्वको सरकारको पालामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको यो घटनाले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा मात्र होइन सरकारले आगामी दिनमा चाल्ने कदमप्रति पनि गम्भीर आशंका पैदा गरेको जनाएका छन्।

विज्ञप्तीमा भनिएको छ, “आम जनसरोकारका विषयलाई शान्तिपूर्ण आन्दोलन मार्फत प्रस्तुत गर्ने र सरकारलाई दवाव दिने माध्यम भनेकै ‘जुलुस प्रदर्शन’ लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने पहिलो माध्यम र अंग पनि हो । पञ्चायतकालीन कालरात्रीमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै प्रहरी प्रवेश गर्ने र आक्रमण गर्ने घटना भएका थिएनन् ।”

काँग्रेस प्रभावशाली केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले जारी गरेको विज्ञप्तीमा घटनामा संलग्नलाई कारवाही गर्न र सरकारको तर्फबाट क्षमा याचना गर्न माग गरिएको छ। 

सरकारको यस्ता खालका अमानवीय र दमनपूर्ण रवैया रहिरहे विद्यार्थीहरुले जारी राखेको शान्तिपूर्ण प्रदर्शन गाउँदेखि सहर हुँदै सिंहदरवारसम्म पुग्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ