arrow

कलियुग कि मौसमको असर ! नेपालभर हिलेवर्षा 

logo
प्रकाशित २०७५ असार २ शनिबार
mausam1.JPG

काठमाडौं । नेपालभर हिलोसहितको वर्षा भएको छ । यसलाई बुढापाकाहरु कलियुगमा के के हुने हो भन्दै चिन्ता व्यक्त गरिरहेका छन् भने मौसम पूर्वानुमान महाशााखाले यसलाई मौसमको प्रभाव भनेको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भारतको राजस्थानमा शुक्रबार दिनभर धुलोमुस्लो फैलिएकाले त्यो बायुमण्डलमा पुग्दा शुक्रबार राति नेपालमा पनि असर पर्यो र पानीमा धुलो आएको बताए । 

राजस्थानमा शुक्रबार बिहान ११ बजे धुलोमुस्लोले अँध्यारो भएको थियो । त्यसकै असर नेपालमा पनि पर्यो । रिमालले यो क्रम अझै केही दिन हुन सक्ने बताए । 

मौसम परिवर्तनले यो असर परेको हो । वायुमण्डलमा धुलोको कण आउन सम्भवतः आइतबार साँझदेखि बन्द हुने मौसमविद् रिमालको अड्कल छ । तर भारतमा अझै पनि धुलोसहितको हावा तीव्र भएकाले आकाश खुल्न केही दिन अझै लाग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ