arrow

हाडनाता विवाह गर्ने जोडीको प्रहरीकै नियन्त्रणमा रहेका बेला रहस्यमय मृत्यु 

logo
प्रकाशित २०७५ असार २ शनिबार
Pyuthan-hamrakura.jpg.jpeg

प्यूठान । प्युठानमा प्रहरी नियन्त्रणमा रहेका बेला दुर्इ जना युवायुवतीको रहस्यमय मृत्यु भएको छ । झिमरुक गाउपालिका वडा ५ नेपानेका २३ वर्षीय शिरबहादुर जिसी र १७ वर्षीया सृस्टी जिसीको प्रहरी प्रहरी नियन्त्रणमा रहेकै बेला मृत्य भएको हो । 

प्रहरीका अनुसार निज दुबै जनाले हाडनातामा बिहे गरेको भन्दै आफन्तहरुले स्थानिय मच्छि प्रहरी चौकीमा उजुरि दिएका थिए । 

त्यहाँ छलफल नमिलेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खलंगामा छलफलका लागी आउँदै गर्दा बाटोमा नै विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका छ ।  

प्रहरी कार्यालयभित्र बान्ता गरे लगत्तै अस्पताल पुर्याउँदा ज्यान गएको प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले बताए । 

बान्ता गर्दा गर्दै शिरबहादुरले आफुहरुले विष सेवन गरेको स्वीकार गरेका थिए । 

प्रहरी नियन्त्रणमा रहेका बेला कसरी ती युवा युवतीले विष सेवन गर्ने अससर पाए ? यो सरासर प्रहरीको लापरवाही भएको आफन्त दलबहादुर जि सीको आरोप छ ।

आफन्तहरुले मृतक दुबै जनाको शव बुझ्न मानेका छैनन् । उनीहरुको शव अहिले जिल्ला अस्पताल विजुवारको लास घरमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ