arrow

राप्रपा प्रवेश गर्ने बढे

logo
प्रकाशित २०७५ असार २ शनिबार
Lapu_4.jpg

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश बढेका छन् ।   शनिवार  ललितपुरका विभिन्न ठाउँका व्यक्तिहरु राप्रपामा प्रवेश गरेका छन् ।   राप्रपा ललितपुरद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष कमल थापाले खादा लगाएर स्वागत गरे ।

सो कार्यक्रमा अध्यक्ष कमल थापाले संगठन विस्तारमा सक्रिय हुन ललितपुरका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिए ।   सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पुर्‍याउन संगठन विस्तार अनिवार्य रहेको बताए ।
 
जिल्ला विकास समिति लालितपुरको सभाकक्षमा शुक्रबार सम्पन्न उक्त भेलालाई पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री बुद्धिमान तामाङ महामन्त्री  राजेन्द्र लिङदेन लगायतका केन्द्रीय नेतृत्वले संबोधन गरेका थिए । राप्रपा ललितपुरका जिल्ला अध्यक्ष आनन्द अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य निरन्जन थापाले स्वागत मन्तव्य व्यक्त गरे।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ