बझाङ । शुक्रबार राती परेको अबिरल बर्षा संगै आकाशबाट माटोका कणहरु सहितको हिलो खसे पछि स्थानीयवासीहरु अच्चममा परेका छन् । दिउँसो समान्य हुरि चलेपनि राती आकस्मिक रुपमा बर्षा संगै माटोका कणहरु मिसिएको हिलो आकाशबाट झरेको हो ।
शनिबार बिहान हेर्दा प्राय घरहरुको छत, कालोपत्रे सडकहरुमा सामान्यरुपमा पनी संगै माटोका मसिना कण सहितको हिलो देखिएपछि स्थानीयवासी चकित परेका हुन् । टिन तथा स्लेट र ल्यान्टर घरहरुको छतमा समेत माटो सुकेर प्रष्ट रुपमा सेतो वा फिक्का रातो सेतो देखिन थालेको हो । पाकिङ्गमा राखका गाडीहरु , सोलारका पातहरु , पानिका ड्रमहरु लगायत हिलो थुप्रेर बस्ने सबै बस्तुहरुमा हिलो थुप्रिएर बसेको स्पष्ट रुपमा देखिन थालेको छ ।
पछिल्लो समयमा भएको बायू तथा वातावरण प्रदुषणका कारण यस्तो अबस्था आएको हुन सक्ने स्थानीयको अनुमान छ । जिल्ला भरि ब्यापक रुपमा डोजर लगाई सड्क निर्माण तथा अन्य बिकास निर्माणका कार्यहरु हुदै गरेकाले हावाहुरीले गर्दा वायू मण्डलमा जम्मा भएर रहेको माटो बर्षासंगै आएको हुन सक्ने स्थानीयवासीको अनुमान छ । पछिल्लो समयमा जिल्लाका सबै गाँउपालिकामा प्राय एक देखि ४ वटा सम्म डोजर सन्चालन भई रहेका छन् स्थानीय सुवास खड्काले भने सुख्खा मौसम भएका कारण हावाहुरीले माटो उडाएर बायू मण्डलमा बसेर रहेको हुनालो पानी पर्ना साथ हिलो बर्ष भएको हुन सक्ने बताए ।
कतिपय स्थानीयबासीहरुले यसलाई फरक रुपमा समेत बुझेका छन् । यो अहिलेसम्म पनि कहिले नभएको कुरा भयो खप्तड छान्ना गाँउपालिकाका स्थानीयवासी गगन सुनारले भने यो कुनै दैबिय शक्तिका कारण पनि यस्तो भएको हुन सक्छ । पछिल्लो समयमा मानबिय कृयाकलापमा कारण बाताबरण प्रदुषण भई मौसममा समेत प्रतिकुल असर परेको पाईएको छ । अस्वाभाबिक रुपमा गर्मी बढनु , हिमालमा हिउँ कम पर्नु , बर्षा हुदा अत्याधिक रुपमा पर्नु , सुख्खा हुनु परे लामो समय सम्म सख्खा हुनु र बोटबिरुवा समेत फुल्ने र फल्ने समयमा परिबर्तन भई रहनु जस्ता कारणहरुले बढ्दो मानबिय कृयाकलापका कारण बातावरण प्रदुषण भई रहेको छ ।
यसरी माटो बर्षाले पनि मानिसको जनजिवनमा ठूलो प्रभाव पारेको संकेत प्रष्ट रुपमा देखिएको छ सुयुक्त राष्ट्र जनसख्या कोषका जिल्ला संयोजक धन बहादुर लम्सालले भन्नु भयो बायू मण्डल मै यत्रो मात्रामा माटो रहेछ भने हाम्रो स्वास प्रसार लिदा खेरी कती माटो हामीले स्वास लिई रहेका रहेछु । गएको दुई हप्ता देखि जिल्लाका बिभिन्न भु भागहरुमा अस्वाभाबिक रुपमा हुस्सु जस्तै देखिने बाक्लो तुवाले लागेको थियो । अधिकाशं स्थानीयवासीहरुले जिल्लामा निर्माण भई रहेका सड्क तथा अन्य बिकास निर्माणका कार्य हरुकै कारणले हावा हुरी संगै माटो समेत उडेर गएको हुन सक्ने अनुमान गरेका छन् । जिल्लाका १२ स्थानीय तहमा मात्रै १९ वटा डोजरहरुले नियमित रुपमा काम गरि रहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भारतको राजस्थानमा शुक्रबार दिनभर धुलोमुस्लो फैलिएकाले त्यो बायुमण्डलमा पुग्दा शुक्रबार राति नेपालमा पनि असर पर्यो र पानीमा धुलो आएको बताए ।
राजस्थानमा शुक्रबार बिहान ११ बजे धुलोमुस्लोले अँध्यारो भएको थियो । त्यसकै असर नेपालमा पनि पर्यो । रिमालले यो क्रम अझै केही दिन हुन सक्ने बताए ।