arrow

प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी

logo
प्रकाशित २०७५ असार २ शनिबार
nepal_police_women.jpeg

पर्सा । मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्वमा नमाज पढ्न पर्साको जगरनाथपुर गाउँपालिकास्थित इदगाहमा पुगेका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी गरिएको बताएका छन् ।

 प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ बेटी बचाइ’ अभियान अब प्रदेश सरकारको मात्र नभई यसलाई समाजले आत्मसात् गरेकाले यो सफल हुने विश्वास व्यक्त गर्दै मख्यमन्त्री राउतले यो अभियानका लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको र समाजले पनि यसलाई सफल बनाउन स्वःस्र्फुतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब यो जनताको अभियान बन्दै गएको बताएका छन् ।

उनले यो अभियानलाई अझै प्रभावकारी बनाउन प्रदेश सरकारले ल्याउन लागेका प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिदैं शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम छन् भने।

मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पुर्‍याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताए ।

उनले  इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ