arrow

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्न गैससको माग

logo
प्रकाशित २०७५ असार २ शनिबार
gayss.jpg

पाँचथर । गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी भएको सूचना प्रति गैर सरकारी संस्था महासंघले आफनो गम्भिर ध्यानकर्षण भएको जनाउँदै उक्त सूचना तत्काल फिर्ता गर्न जोडदार माग गरेको छ ।  महासंघले शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र वुझाउँदै तत्काल उक्त सूचना फिर्ता गर्न माग गरेको हो ।

गृहमन्त्रालय बाट जारी भएको परिपत्र मानवअधिकार मौलिक सिद्धान्तहरु,ब्यक्तिको संगठित हुन पाउने नैसर्गिक अधिकार,नेपालले प्रतिवद्धता जनाएका अन्र्तराष्ट्रिय महासन्धीहरु त्था नेपालको संविधानको मौलिक हकको धारा १७ अन्र्तगतको संघ संस्था खोल्ने स्वतन्त्रताको विरुद्धमा रहेको महासंघले ठहर गरेको छ ।

यस्तै संस्थाहरुको कार्यक्षेत्र नियन्त्रित गर्ने,संस्थाहरुको खारेजी गर्ने, तथा अनुपयुक्त समयमा नविकरण गराउने जस्ता विषय उल्लेखित परिपत्रले स्वत स्फूर्त रुपमा सामाजिक सेवामा कृयाशिल रहेका आधारभूत तहका संस्थाहरु वन्द गर्ने नियतले गृहमन्त्रालयले परिपत्र गरेको भन्दै तत्काल उक्त सूचना सच्याउनुपर्ने गैसस महासंघका प्रदेशका उपसचिव बालकृष्ण ओझाले बताए ।

गैससको तर्फबाट प्रदेश उपसचिव ओझा,गैससका पाँचथर कार्यबहाक अध्यक्ष दिलेन्द्र सुब्बा लगायत दर्जनौ संघ संस्थाका प्रमुख तथा प्रतिनिधी सम्मिलित टोलीले प्रजिअ प्रकाश अधिकारी मार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र वुझाएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ