arrow

शेखर कोइरालाको आरोप, ' कम्युनिष्टको सर्वसत्तावाद रोक्न काँग्रेसको देउवा नेतृत्वले सक्दैन '

सभापति देउवा सहमति र विधान दुबैको भावना विपरित बढेको आरोप

logo
प्रकाशित २०७५ असार २ शनिबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापतिले विधान पनि नमानेको र सहमतिबाट पनि नचलेको आरोप लगाएका छन्। पार्टी सभापतिको भुमिकाको बारेमा सार्वजनिक रुपमै कडा टिप्पणी गर्दै आएका कोइरालाले विधान मिच्ने काम नगर्नुस विधानलाई पालना गर्नुस भन्दा सभापति देउवाले पेलेरै लान खोजेको बताए। 

नेपाली काँग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै कोइरालाले पार्टीलाई संविधानको मर्म र भावना अनुसार महाधिवेशन प्रतिनिधिहरुले चयन गर्नेगरि प्रादेशिक संरचनामा लैजान आग्रह गर्दा त्यहाँ पनि तदर्थसमिति बनाउन खोजिएको कोइरालाले बताए। चेतावनीको शैलीमा उनले भने, ' पार्टीलाई तदर्थवादमा लाने कुरा हामी मान्दैनौ । काँग्रेस तदर्थवादमा जान सक्दैन।' 

प्रादेशिक संरचना बनाएसँगै महासमिति वैठकले दिएको म्याण्डेट अनुसार स्थानिय तहमा काँग्रेसको अधिवेशनहरु शुरु गर्नुपर्ने कोइरालाको सुझाव छ। तर सभापति देउवा स्थानिय तहमा पार्टीलाई बलियो बनाउने अभियानमा नभइ महाधिवेशन नै ३ बर्ष पछि गर्ने भन्न लाग्नुभएको छ त्यो स्विकार्न सकिन्न कोइरालाले भने। 

कोइरालाले थपे, ' अबको १ बर्ष ८ महिनामा महधिवेशन गर्नेगरि तयारी शुरु गर्नुपर्छ शेर बहादुरजी त्यसबाट भाग्न पाउनुहुन्न।'

नेकपा नेतृत्वको सरकार विरुद्ध पनि कडा रुपमा प्रस्तुत भएका कोइरालाले मिडिया विरुद्ध सिलसिलेवार रुपमा आक्रमण शुरु भएको बताए। हाम्राकुरा डटकममा नेकपाकै सांसदको संलग्नतामा गुण्डा पठाइ धम्क्याउनु, नेपाल टेलिभिजनमा संचालित राजु थापाको कार्यक्रम बन्द गर्नु यो मिडियामाथिको प्रहारको श्रृङखला भएको उनले बताए। 

सरकारको गतिविधि सर्वसत्तावादको शुरुवातको रुपमा मात्र नभइ धेरै अघी बढेको कोइरालाले प्रष्ट्याए। कम्युनिष्टहरुको सर्वसत्तावाद रोक्ने काम काँग्रेसले मात्र गर्न सक्ने भएपनि दुर्भाग्यवश काँग्रेसको अहिलेको नेतृत्वले यो काम गर्न नसक्ने उनले ठोकुवा गरे। 

न्यायपालिका निरिह भएको छ। तर्साउने, धम्क्याउने र गलाउने काम भएको छ। वालकृष्ण ढुङगेल प्रकरणमा कार्यपालिका र न्यायपालकाको मिलेमतोले न्यायपालिका स्वतन्त्र छैन भन्ने देखाइसकेको छ। यो अवस्थालाई चिर्न अब काँग्रेसभित्र आमूल परिवर्तन आवश्यकता छ कोइरालाको निष्कर्ष थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ