arrow

सेती नदीमा गरियो विपदमा मान्छे बचाउने अभ्यास 

logo
गणेश मौनी,
प्रकाशित २०७५ असार २ शनिबार
doti_river.jpg

दिपायल । डोटीमा प्राकृतिक विपदमा बच्च र बचाउन घटना अभ्यास गरिएको छ । सेती नदीमा अभ्यास भइरहँदा नदी छेउ भएर हिड्ने यात्री भने एकछिन् अचम्म परे, साँच्चै हो की ? 

तर, त्यो घटना अभ्यास मात्रै थियो । प्राकृतिक विपद्का विभिन्न घटनाबाट कसरी बच्च र बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीले विपद प्रतिकार्य लागि सामुदायिक पहल कार्यक्रम अन्र्तगत गरिएको कृतिम घटना अभ्यास गराएको हो । 

प्रहरी, सेना र स्थानीयबासीको सहभागितामा गरिएका विभिन्न अभ्यासले धेरै कुरा जान्ने अवसर पाएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का स्थानीय बासी शंकर द्धारीयाले बताए । 

उनले भने, ‘सेती नदिमा एक जना मान्छे बचाउ बचाउ भन्दै बगिरहेका थियो प्रहरी र सेनाको उपस्थितीमा तालिम प्राप्त उद्धारकर्ताले उनलाई बचाईरहेको देख्दा कसलाई के भयो भनेर हतारमा दौडेर आए तर, त्यो वास्तविक थिएन । विपद आए कसरी बचाउने भन्ने अभ्यास थियो ।’

प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले बर्खाको समय सुरु भएकाले प्राकृतिक विपदका घटनाहरु जति बेला पनि घट्न सक्छन्, त्यसैले हामीले यो पूर्व अभ्यास गरेका छौँ, भने । उनले अब जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेर छलफल गर्ने र स्थानीय तहलाई पनि तयारी अवस्थामा राखिने सुनाए । 

रेडक्रसको डोटी शाखाले सन् २०१२ देखि डोटीका विभिन्न स्थानमा प्रतिकार्यका लागि पहल टोली गठन, आधारभूत खोज तथा उद्धार सामग्री वितरण, वडा स्तरीय विपद प्रतिकार्य निमार्ण लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यक्रम अधिकृत कर्ण साउदले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ