arrow

विप्लवको शैक्षिक हड्ताल ? 

logo
प्रकाशित २०७५ असार ३ आइतबार
biplab-maobadi.jpeg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले आइतबार शैक्षिक हड्ताल आव्हान गरेपछि विद्यालयहरु बन्द गरिएका छन् ।

मूल्यवृद्धिको विरोध गर्ने क्रममा केही विद्यार्थी नेताहरु पक्राउ परेपछि आइतबार एक दिन शैक्षिक हड्ताल आव्हान गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । 

उनीहरुले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न पनि सरकारसंग माग गरेका छन् । 

त्यसैगरी यसअघि निजी विद्यालयले बढाएको शुल्कसमेत फिर्ता नभएको र निजी विद्यालयहरु पैसामुखी भएको भन्दै विद्यार्थी संगठन अझै पनि असन्तुष्ट रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ