arrow

त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

logo
प्रकाशित २०७५ असार ३ आइतबार
Sidartha-road-palpa.jpg

हेटौँडा । त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा शनिबार राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ । 

पालुङबाट डोजर र प्राविधिकहरु सडक खुलाउन बिहानै त्यसतर्फ पठाइसकिएको र आइतबार अपराह्न सम्ममा यातायात सञ्चालनमा ल्याई सकिने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

पहिरो गई त्यसको सूचना समयमा नै नपाउँदा काठमाडौँबाट हेटौँडातर्फ जाने त्रिभुवन राजपथ र भीमफेदी कुलेखानी सडकखण्डमा सयौँ सवारी आगमन अवरुद्ध रहेको र सडकहरुमा यात्रुहरु अलपत्र भई कठिनाइ भोग्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ