arrow

संसद नजाने मन्त्रीलाई योगेशको सुझाव - उपस्थिति बाध्यता होइन उत्तरदायीत्व

logo
प्रकाशित २०७५ असार ३ आइतबार
yogesh-bhattarai.jpg

काठमाडौँ । विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आइतवारको बैठक १५ मिनेटका लागि स्थगन भएको विषयमा नेकपाका नेता योगेश भट्टराईले मन्त्रिको उपस्थिति बाध्यता नभइ उत्तरदायीत्व र कर्तब्यका भएको बतएका छन् ।  आइतवार भट्टराईले ट्विट गर्दै सो कुरा लेखेका हुन् ।

उनले ट्विटमा लेखेका छन् 'सम्सदलाई सम्सदीय ब्यबस्थाको मुटु मानिन्छ जहाँ मन्त्रिको उपस्थिति बाध्यता होइन उत्तरदायीत्व र कर्तब्यका रुपमा मन्त्रिजिहरुले बुझ्नु पर्दछ । यसलाई प्रतिपक्षको नियमापत्ती पर्खेर बस्नु उपयुक्त होइन । ध्यानजावोस ।'

आइतवार संसदमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ