ट्रम्पका निर्वाचन अभियानका पूर्व अध्यक्ष मानाफोर्ट नजरबन्दमा
प्रकाशित २०७५ असार ३ आइतबार
520
Shares
वासिङ्टन डि सी, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ। वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी अलेक्सान्ड्रिया, भर्जिनीयामा रहेको आफ्नो निवासमा नजरबन्दमा रहनुपर्ने भएको अमेरिकी समाचार संस्था सिएनएनले बताएको छ।
यो मुद्दामा क्षति भनेको न्याय प्रशासनमा क्षति हो र सम्पूर्ण न्याय प्रणालीको सदाचार्यतामा नै क्षति हो, ज्याकसनले मानाफोर्टलाई उद्धृत गर्दै बताए। ज्याकसनले भने, “यो विद्यालय होइन। म उहाँको मोबाइल फोन लिन सक्दिन। मैले यसबारे धेरै पहिले सोचेको थिए। मानाफोर्ट म यस्तो बिषयमा मन पर्दैन।”
सम्पत्ती शुद्धिकरण तथा कर छलीको आरोपमा अनुसन्दानको दायरामा रहेका मानाफोर्टमाथि ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपका बिषयमा समेत दोषी भएको आरोप लगाइने गरिन्छ। मानाफोर्टमाथि विभिन्न सात फौजदारी आरोपका मुद्दा डि सीको संघीय अदालतमा दायर भएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले मानाफोर्टमाथि लगाइएका आरोप अनुचित आरोप मात्र भएका प्रतिक्रिया दिएका छन्। एएनआई