arrow

सडक दुर्घटनाबाट घाइते कम्बोडियाली राजकुमार खतरामुक्त

logo
प्रकाशित २०७५ असार ३ आइतबार
combodia-prince-accdent.jpg

नोम्पेन्ह। कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनीकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएको समाचार छ। उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ। उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहेको स्वास्थ्य अधिकारीले जनाएका छन्।

उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा थिए। आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उनीहरुको सवारीलाई धक्का दिएको थियो। राजकुमारको देब्रे हातमा चोट लागेको छ। उनीहरु दुवै जना खतरामुक्त छन्– उक्त प्रान्तका प्रहरी प्रमुख र उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

सुरक्षा अधिकारीहरुले उनको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन्। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ