arrow

बझाङ कारागारका कैदी बन्दी आन्दोलित

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार ३ आइतबार
karagar_bajhang_photo.jpg

बझाङ। जिल्ला कारागार बझाङका कैदी बन्दीहरु बिभिन्न माग राख्दै आन्दोलित भएका छन् । शुद्ध खानेपानी, चर्पी, ढल निकास, कैदी विरामीको सम्बन्धमा, सरसफाई र सुचनापार्टीको विषयलाई लिएर कैदी बन्दीहरु आन्दोलित बनेका हुन् ।

जिल्ला कारागार बझाङमा शुद्ध पिउने पानीको सट्टा खाने पानीका धार बाट फोहोर र धमीलो पानी आउने गरेको उनीहरुको भनाई छ । खानेपानी पिउन , नुहाउन, खाना पकाउन, चर्पीमा प्रयोग गर्न, पानी नहुँदा समस्या हुने गरेको गुनासो छ । खानेपानी निरन्तर नहुँदा यस्ता समस्या आफुहरुले झेल्नु परेको बताउदै कारागारका बन्दि नाईके लक्ष्मण रावलले भने  कहिले भातका सिता, कहीले धमीलो पानी र कहिले खच्चर, पशुचौपायाको दिसा पिसाब खानेपानीका धारामा आउने गरको  छ । साथै उक्त पानी समेत निरन्तर नआउने कहिले पिउनका लागी नै पानी नहुँदा समस्या झेल्दै आएका छौ यस बिषयमा पटक पटक कारागार प्रसासन लाई जानकारी दिई सक्दा पनि वास्ता नगरेको बताए । सरोकारबाला  निकायसंग पटक पटक आग्रह गर्दा समेत सुनुवाई नै नभएका कारण आफुहरुले आन्दोलन गर्नु परेको जानकारी दिए ।

यस्तै चर्पीमा दिसा पिसाब गर्दा बाहीरीबाट पानी बोक्नु पर्ने र चर्पीमा प्रयोग गरीने फिनाल, हार्पिक , ब्रस जस्ता सामान उपलब्ध नहुने र चर्पीको खाल्डो एक महिना नपुग्दै भरीएर फोहोर दिसा पिसाब बाहिर निष्कने गरेको कैदी बन्दिहरुले बताएका  छन् । जसका कारणले जिल्ला कारागार नै दुगन्धीत भएको त्यही दुर्गन्धमा बसेर आफुहरुले खाना खान र बस्नु पर्ने बाध्यता रहेको र कतियप कैदीहरु झाडा पखालाका समस्या समेत आउने गरेको बताए । बाहिर भएको भएमा त बरु तिर्खा लागेको समयमा कसैसंग पानी मागौ, कहि धारामा गएर खाउ वा खोलामा गएर खाउ भन्ने हुन्थ्यो । त्यस्तो छैन । भए भित्रै नभए पनी भित्रै अरु जस्तो नभएका कारण आफुहरुले शुद्ध पिउने पानी पिउन पाउनु पर्ने उनीहरुको भनाई छ ।

यस्तै सरसरफाई गर्दा, जुठा भाँडा धुदा त्यसबाट निस्केको फोहोर पानि तथा बर्षायामको पानी निष्काशन नभई  त्यही फोहोर पानीसंग बाहीर भित्र गर्नु पर्ने बाध्यता आफुहरुको रहेको उनीहरुले बताए ।  यो समयमा आफु बस्ने भवन भित्र फोहोर हुँदा लामखट्टेका कारण रात भरी सुत्न नपाई जाग्राम बस्नु पर्ने बाध्यता रहेको कैदी बन्दीहरुको भनाई छ ।

यस्ता समस्याका कारण जिल्ला कारागार भित्र रहेका कैदी बन्दीहरु प्राय दिनहुँ जसो आँउ, झाडापाखाला बाट ग्रसीत हुनु परेको  छ । यस्तै जिल्ला कारागार बझाङमा सुचना पार्टी समेत नभएको भन्दै हरेक केशका सुचनाहरु अपडेट गर्नका लागी गेट बाहिर सुचना पार्टी राखिनु पर्ने कैदी बन्दीहरुले माग गरेका छन् । पकाएको खाना समेत खान छोडेर कैदी बन्दीहरु आन्दोलित भएको जेलर राजेन्द्र बोहराले बताए अब सोमबार प्रमुख जिलला अधिकारसंग राखेर छलफल गराईने समेत उनले बताए ।
 
आफुहरुका यी मागहरुको सुनुवाई नभए थप कडा आन्दोलन गर्ने घोषणा कैदी बन्दीहरुले गरेका छन्  ।  जिल्ला प्रशासन कार्यालयले  २ बर्ष यता अनुगमन तथा निरीक्षण समेत नगरेको उनीहरुको भनाई छ । ८ जना थुनुवा र ४६ जना कैदी गरी अहिले जम्मा ५४ जना कैदी बन्दिहरु रहेका छन् । २५ कैदी बन्दी राख्ने क्षमता भएको जिल्ला कारागार बझाङमा क्षमता भन्दा बढी तथा दोब्बर भन्दा बढी कैदी बन्दि तथा थुनुवाहरु रहेका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ