arrow

साउदीले खसाल्यो यमनबाट प्रहार गरिएको मिसाइल

logo
प्रकाशित २०७५ असार ४ सोमबार
yemen-missile-saudi.jpg

काठमाडौं। साउदी अरेबियाको हवाई सुरक्षा प्रणालीले संकटग्रस्त यमनबाट गरिएको ब्यालेस्टिक मिसाइल बीचमा खसालेको छ। साउदीको आधिकारिक समाचार एजेन्सीले दिएको जानकारीअनुसार आइतबार यमनबाट दक्षिणी सहर जिजानलाई लक्षित गरी प्रहार गरिएको मिसाइल बीचमै खसालिएको हो।

समाचारमा बताइएअनुसार यो मिसाइल नष्ट गर्ने क्रममा एक पाकिस्तानी नागरिक घाइते भएका छन्। यद्यपि यो मिसाइलको विषयमा इरान समर्थित हुती विद्रोहीले भने जिजानको एक सैन्य शिविरलाई निशाना बनाएर यो मिसाइल प्रहार गरिएको र प्रहार सफल भएको दाबी गरेको छ। 

अघिल्लो आइतबार पनि जिजानलाई नै लक्षित गरी प्रहार गरिएको मिसाइल रोकेको थियो। यमनमा अहिले इरान समर्थित हुती विद्रोही र साउदी समर्थित सरकारको बीचमा द्वन्द्व जारी रहेको कारण विद्रोहीले साउदीलाई लक्षित गरी प्रहार गर्ने गरेका छन्। यसअघि पनि साउदीले पटकपटक यस किसिमको मिसाइलहरु रोक्दै आएको छ।



नयाँ