arrow

मोदीले अहिले मुक्तिनाथको फोटो राखेर प्रचार गरेको कि ओलीलाई सम्झाएको ?

logo
प्रकाशित २०७५ असार ४ सोमबार
narendra-modi.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व योग दिवस र संगीत दिवसको छेको पारेर मुक्तिनाथ मन्दिर अगाडि योगाभ्यास गरिएको तस्वीर सार्वजनिक गरेका छन् । उनले भिक्षु र स्थानीयबासीले योगाभ्यास गरेर मनाएको योग दिवसको तस्वीरलाई प्राथमिकताका साथ ट्वीटरमार्फत सार्वजनिक गर्दै –‘वन्डरफूल’ लेखेका छन् ।

२१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघलाई विश्व योग दिवस मनाउनका लागि मोदीले विशेष पहल गरेका थिए ।

मोदीले अहिले तस्वीर पोष्ट गर्नुको अर्थ के ?

मोदीले गत बैशाख २८ गते नेपाल भ्रमण गरेका थिए । मोदी बैशाख २९ गते मुस्ताङस्थित मुक्तिनाथको दर्शन गर्न गएक थिए । उनले त्यो दर्शनलाई अभूतपूर्व बनाए । प्रत्यक्ष प्रशारण समेत भयो । उनी धेरै वर्ष पहिले मुक्तिनाथ पुगेर सिद्धी प्राप्ति गरेको समेत चर्चा भइरहन्छ ।

उनले सोमबार फेरि मुक्तिनाथ मन्दिर अगाडि योग गरेको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । यसबाट नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको थप प्रचार भएको छ । मोदीको भ्रमण पनि धार्मिक पर्यटन नै भनिएको थियो । उनी आफै पनि विशेष धार्मिक दूत भएको बताएका थिए ।

तर अहिले मोदीले यो तस्वीर पोष्ट गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई सचेत गर्नु रहेको समेत अर्थ लगाउन थालिएको छ ।

मोदीले ओलीलाई ‘मेरे भाइ’ (मेरो भाइ) भनेर जनकपुरमा संवोधन गर्दा निकै चर्चा चुलिएको थियो । ओलीले पनि भाइचारा सम्बन्धमा आदर गर्न कतै चुकेनन् ।

ओली मंगलबार चीन जाँदै गर्दा कतै मोदीले सम्झाइरहेका त हैनन् भन्ने देखिएको छ ।

मोदीले जे सोचे पनि उनले मुक्तिनाथको तस्वीर यसरी पोष्ट गरेर ‘वन्डरफूल’ भन्नुले भने विश्वको ध्यान तानिनेमा दुई मत छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ