arrow

कांग्रेसलाई नयाँ संरचनामा लैजान सभापति देउवालाई सुझाव

logo
प्रकाशित २०७५ असार ४ सोमबार
deuba-.jpg

काठमाडौं । पूर्व पहाडी जिल्लाका नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका प्रभावशाली नेताहरुलाई काठमाडौंमा भेटघाट तथा छलफल गरी कांग्रेसले देशको नया संरचना अनुरुप संगठन निर्माण नगरेका कारण अहिलेसम्म कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेकोले नया संरचना अनुरुप संगठन निर्माण गरी देशभरनै पार्टीलाई सशक्त बनाउन सुझाव दिएका छन ।
 
 नेपाली कांग्रेस १ नम्वर प्रदेशका नेताहरुले  सोमवार नयाँ र सशक्त कांग्रेस अहिलेको आवाश्यक्ता भएकोले कांग्रेसको विधान र सांगठानिक संरचनामा आमुल परिवर्तन गरी सवैलाई एकताबद्ध बनाएर पार्टीलाई अझ क्रियाशिल बनाउन समेत सुझाव दिए  । अब कांग्रेसले सदन र सडक दुवै ठाँउमा  सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने वताउदै पूर्व प्रधानमन्त्री तथा  पार्टी सभापति शेरबहादुर देउवाले सवै नेता तथा कार्यकर्ताहरुको भावना अनुरुप नयाँ ढंगबाट कांग्रेसलाई एकता बद्ध बनाएर  अहिलेको चुनौती सामना गर्ने सक्ने समक्ष र दह्रो कांग्रेस बनाउन आफु लागि परेको वताएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

 सो अवसरमा नेपाली कांग्रेस १ नम्वर प्रदेशका नेता तथा पूर्व राज्य मन्त्री टंक राई, नेपाली कांग्रेसका संखुवासभाका पूर्व सभापति  जनक थापा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,नेपाल ट्रेड युनियन कांग्रेस संखुवासभाका अध्यक्ष रितेश लिम्बु लगायत पूर्वी पहाडी जिल्लाका नेता तथा कार्यकर्ताहले कांग्रेसले कांग्रेसले लोकतान्त्रिक संविधान बनाएर युद्ध जितेको तर निर्वाचनमा पराजित भएर लडाई हारे पनि युद्ध जितेकाले  युद्ध जितेको मानसिकताबाट पार्टीलाई एकता बद्धगरी उत्हास र उर्जाका साथ नया ढंगबाट संगठित गरी नयाँ र सशक्त कांग्रेस बनाउनका लागी सभापति देउवालाई सुझाव दिएका थिए । उनीहरुले देशको नया संरचना अनुरुप पार्टीको संगठन निर्माण गरी मुलक भरनै संगठनलाई सशक्त बनाउन समेत सभापति तथा नेताहरुलाइ आग्रह गरेका थिए ।

उनीहरुले पूर्वी पहाडी जिल्लाहरुमा अहिले सत्तासिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सत्ताको आडमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अनेकौ किसिमको झुठा मुद्धा लाएर दिन प्रतिदिन फसाउने काम भैरहेकोले जिल्ला तथा गाँउ गाँउका कार्यकर्ताहरुलाई संरक्षण गर्नु पर्ने पहिलो आवाश्यक्ता भएकाले  त्यसको प्रतिरोध गर्न केन्द्रले आन्दोलनको बिशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ