arrow

प्रचण्ड पत्नी एयरपोर्टको सोफामै सुतेको तस्विर सार्वजनिक, उपचारका लागि लगियो सिंगापुर

logo
प्रकाशित २०७५ असार ४ सोमबार
dagal-airport.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी  सीता दाहाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको छ।

उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा सीता दाहाल सुतिरहेको तस्वीर सार्वजनिक भएको हो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिन्छन्।

अध्यक्ष दाहाल उनकी पत्नी सीता र छोरी गंगा दाहालसंगै सिंगापुर प्रस्थान गरेको उनको सचिववालयले जनाएको छ। सो तस्वीर फेसबुमा शेयर गर्दै  प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले  ‘शुभयात्रा’ लेखेका छन्। सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ।

छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। उनको पटक पटक विदेशमा उपचार हुँदै  आएको छ। यो पटक सार्वजनिक भएको सीताको तस्विरमा उनी निकै गलेको रुपमा देखिएको छ। उनले भिआइपी कक्षमा केहि समय रहँदा समेत स्थिर हुन नसकी सुतेको अवस्थामा तस्विर सार्वजनिक भएबाट उनको अवस्था निकै नै कमजोर भएको देखिएको हो। 

छोराको निधन अघी छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। काखका छोराछोरी गुमाउनुपर्दा सीता मानसिक रुपमा पनि त्यसलाई सहन सक्ने अवस्थामा छैनन्। उनी निकै नै गलेको उनको अनुहारबाट देखिन्छ। उपचारमा गएकी सीताको शिघ्र स्वास्थ्यलाभको कामना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ