arrow

रहेनन् वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटा

logo
प्रकाशित २०७५ असार ४ सोमबार
upendra-devkota.jpg

काठमाडौं । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । डा. देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमबार साँझ साढे ५ बजेपछि  निधन भएको हो । डा. देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए । 

उनको पार्थिव शरिरलाई  श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि दिउँसाे १ बजेसम्म न्यूरो अस्पतालमै राखिने अस्पतालले विज्ञप्ति जारी गरेर जनाएको छ । 

पित्तथैलीको क्यान्सर भएपछि लामो समय बेलायतमा उपचार गराएका देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने भनि घर फर्किएका थिए ।

गएको हप्ता मात्रै उनले गाउँको आफ्नै घरमा प्राण त्याग गर्छु भनेपछि हेलिकोप्टरबाट गोरखा लगिएको थियो । डा. देवकोटा नेपालकै जेठो वीर अस्पतालबाट सबैमाझ चिनिएका थिए । 

उनले वीर अस्पतालबाट नेपालमा स्नायु शल्य चिकित्सा विस्तार गरेको बताइन्छ । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ