arrow

पशुपालनमा युवा आर्कषित गर्दै नगरपालिका

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार ४ सोमबार
syangja_(2)1.jpg

स्याङ्जा ।  युवाहरुको लागी नमुना बाख्रा गाउँ अभियान अन्र्तगत स्याङजाको भीरकोट नगरपालिका ३ रानिस्वाँरामा ५ दिने  व्यवसायिक बाख्रा पालन तालिम शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा फार्मर टू फार्मर विनरक इन्टरनेसनको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्दघाटन गर्दै नगरप्रमुख छायाराम खनालले युवाहरुलाई आफ्नै गाउँघरमा उद्यमीको रुपमा विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको भन्दै कृषि तथा पशुपालनप्रति युवाहरुलाई आर्कषण गर्ने विभिन्न कार्यक्रमहरु ल्याउने बताए । युवाहरुका लागी नमुना बाख्रा गाउँ अभियानले सञ्चालन गरेको यो अभियान निकै प्रसंशनीय रहेको भन्दै यसमा सबैको सहकार्य रहनुपर्ने खनालको भनाई थियो ।

 पशुपालनमा युवाहरुलाई आत्मनिर्भर बनाएर बैदेशिक रोजगारीलाई न्युनिकरण गर्ने अभियानमा नगरपालिका लागेको खनालले बताए ।
कार्यक्रममा वडा अध्यक्ष बाबुराम श्रेष्ठ, युवा व्यवसायि तारा अर्याल, प्रधानमन्त्री कृषि आधुनिकिकरण अयोजना जोन ईकाईका सचिव मीनराज कोईराला, वडा सदस्य विष्णुमाया काफ्ले, सहभागि तुल्सीराम कट्टेललगायतले पशुपालन व्यवसायलाई प्रभावकारी बनाउने नीति ल्याउन नगरपालिकालाई आग्रह गरेका थिए । तालिममा रुपन्देही, मोरङ, कास्की, तनहुँ र स्याङजाका गरी ३५ जना बाख्रा पालक युवाहरुको सहभागिता रहेको छ भने सहजीकरण अमेरिकन स्वयंसेवक जुडि मोसेसले गर्नेछन् ।

अभियानका अध्यक्ष सुशील अर्यालले फेदिखोला गाउँपालिका, वालिङ नगरपालिका र भीरकोट नगरपालिकामा एक–एक वटा नमुना बाख्रा गाउँ बनाउने योजनाका साथ अगाडि बढेको बताए । लेकाली बाख्रा फार्मका सञ्चालक केशरजङ अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ