arrow

मनिषाले लेखिन्: म उहाँ(सुशील)लाई असाध्यै प्रेम गर्थे’

मनिषा जननायक वीपि कोइरालाका छोरा प्रकाशकी छोरी हुन् भने नाताले उनी सुशिलकी नातिनी हुन् ।

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Twitter-Manisha.jpg.jpeg
काठमाडौं । मंगलबार बिहान अकस्मात निधन भएका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले सुशिललाई आफुले असाध्यै प्रेम गर्ने गरेको बताएकी छन् । उनले ट्वीटरमा ट्वीट गर्दै लेखेकी छन्,‘म उहाँलाई असाध्यै प्रेम गर्थे ।’ मनिषाले ट्वीटरमा सुशिलसँगकाे तस्वीर पनि पाेष्ट गरेकी छन् । मनिषा जननायक वीपि कोइरालाका छोरा प्रकाशकी छोरी हुन् भने नाताले उनी सुशिलकी नातिनी हुन् ।

बलिउडका फिल्ममा सक्रिय भए पनि नेपाल आउँदा उनले सुशिललाई भेट्ने गर्दथिईन् । नेपालमा फिल्म ‘फेरि भेटौला’मा अभिनय गरेर बलिउड छिरेकी मनिषा बलिउड फिल्म ‘सौदाघर’मा अभिनय गरेपछि बलिउडमा स्टारका रुपमा उदाईन् । मनिषा र सुशिलमा भनेको दुवै क्यान्सरको बिरामी थिए । मनिषालाई डिम्बाशयको क्यान्सर भएको थियो भने सुशिललाई मुखको क्यान्सर भएको थियो । दुवैले आफुहरु क्यान्सरबाट पूर्ण रुपमा मुक्ति पाएको बताएका थिए । 

पारिवारिक स्रोतका अनुसार हलिउडका फिल्ममा हिरो बन्ने सपना बुनेकै कारणले पनि मनिषाको कलाकारितासँग सुशिल चासो राख्थे । मनिषाका भाई सिद्धार्थ कोइराला पनि फिल्मका अभिनेता हुन् । बलिउडमा फिल्ममा अभिनय गरे पनि उनले नेपाली फिल्ममा ‘मेघा’मार्फत डेब्यु गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ