arrow

काठमाडौं ७ का काँग्रेस नेता आचार्यको निधन 

logo
प्रकाशित २०७५ असार ४ सोमबार
sudarshan-acharya-ktm7.jpg

काठमाडौं। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ७ का नेता सुदर्शन आचार्यको निधन भएको छ। नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहनुभएका आचार्यको सोमबार राती निधन भएको हो। 

मष्तिकष्कघात भइ उपचार भएकै अवस्थामा आचार्यको निधन भएको नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्वर १६ का नेता देवेन्द्र पाठकले जानकारी दिए। आचार्य काठमाडौं ७ को साविकको गोलढुङगा गाविसका नेपाली काँग्रेसका अध्यक्ष पनि हुनुहुन्थ्यो। 

आचार्यको जन्म २०१४ चैत्र १३ गते भएको थियो। आचार्यलाई काठमाडौं ७ का स्थानियहरुले शालिन, मृदुभाषी र सामाजिक व्यक्तित्वका रुपमा चिन्दथे। 

नेपाली काँग्रेस क्षेत्र नम्वर ७ले स्वर्गीय आचार्यको निधनमा दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले स्वर्गीय आचार्यको पार्थीव शरीरमा काँग्रेस पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए। सोमबार राती नै आचार्यको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ