arrow

ए सरकार !  सिंहदरबारभन्दा सडकको खाना किन महंगो हँ ?

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
SinghDurbar.JPG

काठमाडौं । सडकका छाता पसलमा चिकन मः मः खानु भएको छ ? कति तिर्नुहुन्छ ? भाउको के हिसाब भो र ? जसलाई जति मन लाग्छ त्यति लिने न हो । कसैले रु १२०, कसैले रु. १५० । भेज मः म नि ? ६०, ८० देखि सयसम्म, कि अझै बढी ? 

सडकका छाता पसलका मुख्य लक्षित ग्राहक आर्थिक रुपमा विपन्न, मजदुर । कथित सभ्य र सम्पन्न भनिने त सडकका छाता पसलमा खाने दुस्साहस नै गर्दैनन् । तर तिनै बिपन्न र मजदुरले, सिंहदरबारका हाकिमलेभन्दा २०० प्रतिशत भन्दा पनि बढी तिरेर सडकका खाजा खाने गरेका छन् ।  

आम जनताको सहज पहुँचमा छैन सिंहदरबार । जो कोही जान पाउने कुरै भएन । मुलुकको सर्वोच्च प्रशासनिक केन्द्र पुग्नु आम जनसारधारणका लागि उपलब्धीकै विषय हो, जहाँ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयदेखि २० भन्दा बढी मन्त्रालय छन् । हरेक मन्त्रालय, योजना योजना आयोगदेखि नेपाल टेलिभिजन सम्मका कार्यालयभित्रै क्यान्टिनको व्यवस्था छ । ती क्यान्टिनभन्दा अलग्गै केन्द्रीय क्यान्टिन छः कन्चन । हो त्यही केन्द्र्रीय क्यान्टिनले ख्वाउने खाजाको दरभाउ सन्दा छक्क परिन्छ, जहाँ कालो चिया ३ रुपैयाँ र भेज मःमः १७ रुपैयाँमा पाइन्छ । अनि चिकेन मःमः रु. ५० मा । 

        (दरभाउ ब्यानरमा लेखे पनि भ्याटको रकम पर्दैन)
कार्यालय समयपछि यो चमेनागृहमा  भिड देखिन थाल्छ । दिउँसो खाजा खाने समय भएपछि त, यहाँका कर्मचारीलाई खाजाको बिल काट्न र खाजा बाँड्न भ्याइ नभ्याइ हुन्छ। 

सिंहदरबाभित्रका कर्मचारी त छँदैछन्, सरकारी कामका लागि सिंहदरबार छिर्न पाउने सेवाग्राहीलाई पनि यो चमेनागृहले मन खुशी बनाएर खाजा खुवाउने गरेको छ । 
फोटो ३ 

               कन्चन चमेना गृहका कुमार सापकोट ग्राहका अगाडी 
कहिले काहिँ रेडियो नेपालको क्यान्टिन छिर्दा पनि हुन्छ । त्यहाँको खानेकुरा पनि बाहिर भन्दा धेरै सस्सो छ । खसीको मासुभात १२५ रुपैयाँमै पाइन्छ । कालो चिया भने कन्चन चमेनागृह भन्दा २ रुपैयाँ महंगा पर्छ यो क्यान्टिनमा । 
फोेटो ४


तर राजधानीका सडकका खुल्लै ठाउँमा चलाइएका खाजा पसलहरु, सिंहदरबारभित्रका चमेनागृह भन्दा महंगा छन् । ललितपुरको जवालाखेल नजिकको यो पसलमा बम मःम कै ७० रुपैयाँ लिइन्छ । जब सिंहदरबारभित्रको चमेनागृहमा चिकन मःम ५० रुपैयाँमै पाइन्छ । 
फोटो ५ 

धादिङका राजन अछामीले ललितपुरको सडक छेउमा पसल थापेको ८ वर्षभयो । उनको कमाइ पनि राम्रै छ । मासिक कमाइ सरकारी शाखा अधिकृतको भन्दा बढी । उनको पसलमा चिकन आइटम छैन, “तर कहिले काहिँ बाहिर खानु पर्यो भने १ सय ५० रुपैयाँ नकराइकन तिनुुपर्छ”, उनले भने । 

आखिर कालो चिया ३ रुपैयाँ मै आउँदो रहेछ त । १७ रुपैयाँमा भेज र ५० रुपैयाँमा चिकन मः मः अनि १ सय २५ रुपैयाँमै खसीको मासु सहित एक छाक खाना पनि दिन सकिँदो रहेछ । राजमार्गका होटलको त के कुरा गरिसाध्य छ र, छोयो कि पोल्यो । 

बर्गीय समानता मूल सिद्धान्त कम्यूनिष्ट सरकारको । बरु खुल्ला र सार्वजनिक सडक छेउमै किन नहोस्, सरकारले सिंहदरबारभित्रकै जस्तो सस्तो खालका खाजा पसल चलाउने जमर्को गर्दा बिग्रन्छ चाहिँ के होला १ प्रधानमन्त्री चीन जाँदैछन् । चिनका होटलकहरु सरकारी खालकै छन क्यारे । उताबाट यो पनि अलिकति सिकेर आउने कि प्रधानमन्त्री ज्यू !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ