arrow

डा. देवकोटाको शवदाह विद्युतीय गृहमा   

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
upendra-devkota2.jpg

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार अन्त्यष्टि गरिदैछ ।सोमबार साँझ निधन भएका देवकोटाको  पार्थिव शरीरलाई  श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म न्यूरो अस्पतालमै राखिने अस्पतालले जनाएको छ । 

त्यसपछि देवकोटाको पार्थिव शरिरलाई नारायणगोपाल चोक, चक्रपथ हुदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिन न्युरो अस्पताल बाँसबारीे अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका अनुसार देवकोटाको शवदाह विद्युतीय मेसिनबाट गरिनेछ । डा. देवकोटाको काजकिरिया श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेधा, बसुधा र मञ्जरीले गर्नेछन। काजकिरिया ७ दिनमा सकिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित अस्पतालमा उपचारका क्रममा सोमबार साँझ साढे  ५ बजेपछि निधन भएको हो ।

विक्रम संवत २०१० साल पुस ४ गते जन्मेका डा. देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए ।पित्तथैलीको क्यान्सर भएपछि लामो समय बेलायतमा उपचार गराएका देवकोटा निको नहुने भएपछि आफनै देशमा प्राण त्याग गर्ने भनि घर फर्केका थिए  । 

देवकोटाले ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामीको उपचार गरेको अस्पतालले जनाएको छ । उनले वीर अस्पतालबाट नेपालमा स्नायु शल्य चिकित्सा विस्तार गरेको हो  । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरका थिए  ।

गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले वीर अस्पतालमा २५ वर्ष सेवा गरेपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा सेवा दिदै आएका थिए । देबकोटा ७ महिना स्वास्थ्यमन्त्री समेत भएका थिए । उनकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ