arrow

नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाइ गरी सिथि नखः मनाउँदै

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
sithi_nakha.JPG

काठमाडौं । नेवार समुदायले पानीका परम्परागत स्रोतको सरसफाइ गरी मंगलबार सिथि नखः पर्व मनाइरहेका छन् । 

सिथि नखः पर्वका दिन आज नेवार समुदायले आफनो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार , कुवा, पोखरी र ढुंगेधाराको  सरसफाइ गर्दछन् । 

गर्मी मौसम सकेर वर्षा याम सुरु भएको बेला जेष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन सिथि नखःपर्व मनाइन्छ । यो समयमा पानीको सतह पुरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने गर्दछ । 

यो दिन सरफाई गर्ने इनार, कुवा, ढुंगेधाराको पानी ४ दिनपछि पुजा गरेर मात्र चलाउन मिल्ने परम्परा छ । 
यही दिन बिहान सबेरै नुहाईधुवाई गरी विभिन्न परिकार पकाएर कार्तिके देवतालाई चढाएर खाने गरिन्छ । घरको मुल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई  सिथि द्यो अर्थात सिथि देवताका रुपमा पुजा गर्छन ।

यो पर्वमा कालो दाल, खोस्ते मुगी, सानो केराउ लगायतका दालहन परीकार बारा, चटामरी, मालपुवा लगायतका परिकार पकाएर खाने चलन छ । सानो टपरीमा चिउरा, भट्मास, अदुवा, बारा, चतामरि हालेर पुजा गरिन्छ । 

काठमाडौंमा बसोबास गर्ने नेवारहरू मध्ये देवाली पुजा र कुल(पुजा)को निश्चित तिथि नभएकाहरूले यसै दिन कुल देवताको पुजा गरी देवाली मनाउने गर्दछन्

सिथि नखः पर्वलाई नेवार समुदायले मनाउने बर्षको अन्तिम पर्वको रुपमा लिइन्छ ।साथै यो पर्वलाई छोरीबेटीको पर्वका रुपमा लिई छोरीहरुलाई बोलाएर खुवाउने गर्छन । यसैगरी बर्षको सुरुको पर्वका रुपमा गठेमंगल पर्वलाई छोराको पर्वका रुपमा लिइन्छ । 

सिथिनखः आएपछि रोपाई सुरु भयो भन्ने मान्यता छ । रोपाईका लागि शरीर बलियो बनाउन भन्दै  दालहन पकवान खाने चलन छ । 

यो पर्व लिच्छविकालदेखि नै परम्परागत पानीका स्रोत सरसफाई गर्ने पर्वका रुपमा मनाउन थालेको देखिन्छ । यो पर्वले पानी र सरसफाईको  महत्वलाई बोध गराएकोले अहिले यसको महत्व झन बढेको  पानी तथा सरसफाई बिज्ञहरुले बताएका छन । 

सिथि नखःका दिन देखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउदै  
सिथि नखःको दिन देखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्दछन् र रोपाइ तिर लाग्दछन् जसलाई सिनाज्या भनिन्छ । त्यसैले सिथि नखःको भोलिपल्ट देखि गथेमंगल घण्टाकर्ण  नआएसम्म एक महिना अविधिभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ र यस अविधिभर कुनै पनि स्थानमा धिमे बजाइदैन ।
यसै गरी काठमाडौंको क्वनेस्थित  न्हूघः टोलमा रहेको काठको कुमार मुर्तिलाई सप्तमीका दिन बुधबार  खटजात्रा गर्ने चलन छ ।  

तछलाथ्व (ज्येष्ठ शुक्ल) तृतीयाका दिन यस मुर्तिलाई मन्दिर अगाडिको डबलीमा महास्नान गराउने र षष्ठीका दिन होम् सहित जन्म पछिको सम्पूर्ण कर्मकाण्ड (उपनयन, चुडाकर्म आदि) गर्ने पनि प्रचलन छ । यो जात्रा स्थानिय कर्माचार्य अनि ज्यापुहरू मिलेर गर्छन् र त्यो मुर्तिलाई कर्माचार्यहरूको गुथिमा राखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ