arrow

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको अन्तिम श्रद्धाञ्जली जारी, पार्थिव शरीर न्यूरो अस्पतालमा 

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
upendra-devkta-baburam.jpg

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । उनको पार्थिव शरीर दिउँसो १ बजेसम्म राखिने छ । 

त्यसपछि अन्तिम संस्कारका लागि महाराजगञ्ज, चक्रपथ, चाबहिल हुँदै पशुपति आर्यघाट लगिने छ । आर्यघाटमा उनको दाहसंस्कार विद्युतीय गृहमा हुनेछ । 

डा देवकोटालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि चिकित्सकीय क्षेत्रदेखि राजनीतिकर्मीसम्म पुगेका छन् । 

पित्तथैलीको क्यान्सर रोगबाट पीडित डा देवकोटाको सोमबार साँझ ५ः३५ बजे उनैले स्थापना गरेको न्यूरो अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएको थियो । 

उनको निधनपछि प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु र विभिन्न दलका नेताहरु सोमबार साँझ नै न्यूरो अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओली मंगलबार बिहानै चीन जाने भएकाले सोमबार नै साँझ अस्पताल पुगेका थिए । 

मंगलबार बिहानै उनका स्कुले सहपाठी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पत्नीसहित गएका थिए । त्यसैगरी प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला पनि पुगेकी थिइन् । 

त्यसैगरी नेपाली काँग्रेसले हेटौंडामा भएको केन्द्रीय समिति बैठकमा डा देवकोटाप्रति शोक व्यक्त गरेको थियो । 

देवकोटाको काजकिरिया सात दिनको मात्र हुनेछ । उनको काजकिरिया उनकी पत्नी डा मधु र उनकी तीन छोरीहरुले गर्नेछन् । 

के लेखे बाबुरामले ट्वीटरमा –
अन्तिम विदाइ,उपेन्द्र ! १० देखि १८ बर्षसम्मको किशोरावस्थाका सहपाठीका विवेक र आवेगले भरिपूर्ण स्मृतिहरू र तिम्रा पछिल्ला जीवनका सुयशहरू हामी वीच छोडेर आजदेखि तिम्रो भौतिक देह ब्रम्हाण्डको अनन्त शक्तिपुंजमा रूपान्तरित हुँदैछ तिमी अमर भएका छौं। हामी तिम्रा समकालीनहरू धन्य भएका छौं !


त्यसैगरी वरिष्ठ न्यूरो सर्जन बसन्त पन्तले फेसबुकमा २८ वर्षअघि वीरअस्पतालमा डा देवकोटासंग काम गरेको तस्वीर राख्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । 

Image may contain: 1 person, hat



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ