arrow

प्रधानमन्त्री ओलीको भ्रमणले चीनसँगको सम्बन्धमा सुधार आउँछ – राजदूत पौडेल (भिडियो सहित)

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
lilamani-poudel.JPG

काठमाडौं । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई मुलुकहरुको बीचमा उच्चस्तरीय सम्बन्धमा सुधार आउने बताएका छन् । 

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनसंग कुरा गर्दै उनले सन् २०१५ को भारतको नाकाबन्दीपछि नेपालीहरु समृद्धि तथा विकासको पक्षमा रहेको र त्यसलाई पूरा गर्न अहिलेको भ्रमणले सहयोग पुर्याउने बताए । 

उनले विश्वको दोस्रो सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुकसँग नेपाल विश्वास थप मजबुद बनाउँदै आर्थिक सुधारको दिशामा अघि बढिरहेको बताए । 

पौडेलले विश्वको प्रविधि तथा आर्थिक विकासको मामिलामा चीन निकै अगाडि रहेको कारण नेपालले पनि विभिन्न किसिमका संरचना निर्माण तथा सूचना प्रविधिमा चीनको साथ सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । त्यसका साथै नेपालले चीनसँग जलविद्युत् तथा पर्यटनको क्षेत्रमा पनि चीनसँग सहकार्य गर्नुपर्ने उनले बताए ।  

चीन र भारतबीचको सम्बन्धमा सन्तुलनको विषयमा सोधिएको एक प्रश्नमा पौडेलले नेपाल दवै मुलुकहरुसँग बलियो सम्बन्धको लागि तयार रहेको बताए । उनले नेपालको लागि दुवै मुलुकहरुबाट आफ्नो मुलुकको विकास तथा समृद्धिको लागि फाइदा लिनसक्ने अवसर रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ