arrow

ट्रम्प चीनसंग निहुँमात्र खोजिरहन्छन्, फेरि दिए चेतावनी !

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
usa-china.jpg

काठमाडौं । अमेरिकाले चीनबाट आयात हुने सामग्रीहरुमा थप कर बढाउने चेतावनी दिएको छ । अमेरिकाले चीनबाट अमेरिका निर्यात हुने दुई खर्ब डलरबराबरको सामग्रीहरुमा कर बढाउने चेतावनी दिएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले पछिल्लो समय अमेरिकी सामग्रीहरुमाथि कर बढाउने निर्णय फिर्ता नलिएको खण्डमा यस किसिमको कर बढाउने चेतावनी दिएका हुन् । 

यसअघि अमेरिकाले ५० अर्ब डलरबराबरको चिनियाँ सामग्रीहरुमा अमेरिकामा कर बढाउने निर्णय गरेसँगै सोही परिणाम बराबरको अमेरिकी सामग्रीहरुमा बर बढाउने निर्णय चीनले गरेको थियो । 

चीनले पनि समान किसिमको योजना अघि सारेसँगै अमेरिकाले दुई खर्ब डलर बराबरको चिनियाँ सामग्रीहरुमा कर बढाउने चेतावनी दिएको हो । ट्रम्पले चिनियाँ सामग्रीहरुमा १० प्रतिशत बर लाग्नसक्ने बताएका हुन् । 

अमेरिकाको यो चेतावनीसँगै दुई मुलुकको बीचमा व्यापारयुद्ध बढ्ने आशंका बढेको छ । ट्रम्पले चीनले अमेरिकासँग गलत तरिकाले नाफा लिइरहेको आरोप लगाउँदै आएका छन् । गएको साता अमेरिकाले ५० अर्ब डलरको चिनियाँ सामग्रीहरुमा २५ प्रतिशतको कर लगाउने निर्णय गरेको थियो । 

अमेरिकाले चीनले अमेरिकी कम्पनी तथा कर्मचारीहरुलाई तर्साउनका लागि अमेरिकी सामग्रीहरुमा पनि कर बढाउने निर्णय गरेको तर आफूहरुले कुनै पनि गलत काम नगरेको बताएका छन् । 

अमेरिका र चीनको बीचमा बढ्दो व्यापारयुद्धको आशंकाको कारण विश्व सेयर बजारमा सोमबार व्यापक गिरावट आएको छ । अहिले अमेरिकामा ३४ अर्ब डलरबराबरको सामग्रीहरुमा कर बढाइसकिएको छ भने बाँकी १६ अर्ब डलरको सामग्रीहरुमा जुलाई ६ पछिमात्र यो नियम लागू हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ