arrow

[फिचर] जान्नै पर्ने कुरा

परम्परागत पानीका स्रोत संरक्षण गर्ने प्रत्येक समुहलाई महानगरबाट ३ हजार खाजा खर्च 

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
lalitpur.JPG

काठमाडौं । ललितपुरको च्यासलमा रहेका ढुंगेधाराहरु जहा ७ वर्ष अघिमात्र २४सै घण्टा पानी आउथ्याो । माथिल्लो टोलमा प्रत्येक घरमा इनार बन्न थालेपछि भने हरेक समय बगिरहने ढुंगेधारामा पानि बर्खायामको ३ महिनामात्र आउन थाल्यो भने बाकी ९ महिना सुख्खा हुन थालेको बताउछन्, च्यासलका डि एम व्यन्जनकार ।
माथिल्लो टोलमा इनार बन्नेक्रम बढेसंगै तल्लो टोलमा पानीको हाहाकार भएपछि दुवै टोलका स्थानीयबासीबिच द्धन्द्ध नै चर्कियो । फलस्वरुप माथिल्लो टोलका नया इनारहरु धमाधम पुर्न थाल्यो तर पछि फेरी शक्तिको आडमा  पुरिएका इनार खन्न थालियो । 

त्यागल टोलको ढुंगेधारा पछाडी पनि  तीनवटा इनार खन्न थालेपछि १०४ वर्षदेखि निरन्तर बग्ने पानी अहिले आएर सुकेका छन् । 

उपत्यकाका परम्परागत ढुंगेधारा र पोखरी पानीको मुहानको बलियो स्रोत, संरक्षणका लागि कानुनको आवश्यकता   

कुपण्डोलको गुसि“गालमा पुरानो एउटा इनार छ, जुन इनारबाट सबै महिलाहरुले आवश्यक  पानीको समस्या समाधान गर्ने गर्थे, तर आजकल त्यो इनारमा पानी सुक्न थालेपछि पानीको चरम अभाव भएको सुनाउछन स्थानीय ५५ वर्षीया शुसीला सिजापति । पानीकै लागि  राति १ बजेसम्म पालो कुरेर  बस्नुपर्ने बाध्यता छ, त्यँहा ।   

यसैगरी , चापागाउ जाने बाटो  सातडोबाटोमा ठुलो टयाङंकी बनाएपछि त्यहा पनि पुुराना मुल सुकेको बताउछन स्थानीय शशिकला सुबेदी ।

ललितपुरका चार प्रमुख स्तुपा लगनखेल, पुल्चोक, ग्वार्को र कुम्भेश्वरको इबहीे पानीको मुहानको बलियो स्रोत र पानी संकलन गर्ने अवधारणाले निर्माण

परम्परागत पानीको स्रोतको संरक्षण नहुदा स्रोतहरु जताततै सुक्दै जान थालेका छन । परम्परागत पानीका स्रोत इनार र ढुंगेधारा मात्र नभई पोखरी पनि संरक्षणका अभावमा अतिक्रमण भई हराउन थालेका छन । उपत्यकाका बिभिन्न स्थानमा यस्ता परम्परागत स्रोत हाम्रा पुर्वजहरुले पानीको समस्या नहोस भन्दै बनाएको देखिएपनि बिस्तारै यसको महत्व नबुझेर वा आर्थिक प्रलोभनमा पर्दै मासिन थालेका छन ।

यसरी नै उपत्यकाका बिभिन्न स्थानका पोखरीहरु  अतिक्रमणमा परेका छन् । ललितपुरको सप्तपाताल पोखरी ,पुर्णचण्डीको पोखरी , कुमारीपाटीको पोखरी लगायत थुप्रै पोखरी अतिक्रमणको चपेतामा  परेका छन् । 

ललितपुरका चार प्रमुख स्तुपा लगनखेल , पुल्चोक , ग्वार्को र कुम्भेश्वरको इबहीे स्तुपा धार्मिक रुपमा मात्र नभई पानीको मुहानको बलियो स्रोतको रुपमा समेत महत्व रहेको पाटन क्याम्पसका प्राध्यापक रास जोशी  र संस्कृतिबिद् राजन लाल जोशीको दाबी छ ।
स्तुपाको चारैतिर पानी संकलन गर्ने अबधारणाले ललितपुरका चारै दिशामा यी स्तुपाको निर्माण गरीएको हो । तर सप्तपातालको केही भाग बाहेक अन्य  सबै स्तुपाको पानी जम्ने भागको जमिन अतिक्रमण भइसकेका छन् ।  

                                  सप्तपाताल पोखरी लगनखेल 
लगनखेलको सप्तपाताल पोखरी ललितपुरको मंगलबजार क्षेत्रका १० टोलको ढुंगेधारामा मज्जाले पानी आउने मुहान हो । तर सप्तपातालमा अतिक्रमण भएपछि भने बिस्तारै ललितपुरका ८० ढुंगेधारामध्ये अधिकाशमा बर्षातमा बाहेक पानी आउन छाडेको छ । 

पुर्णचण्डीको पोखरीमा पनि डिप बोरि¨ गरेर पानी निकाल्ने र पोखरीमा पानी भर्ने भन्दै बिना  अध्ययन र योजना हचुवाका भरमा काम त सुरु भयो तर बजेट सक्ने बाहेक उपलब्धी नभएको ऐतिहासिक ढुंगेधारा तथा मुहान संरक्षण समितिका अध्यक्ष शुसिल श्रेष्ठको  गुनासो छ ।

परम्परागत पानीका स्रोत संरक्षण गर्ने प्रत्येक समुहलाई ३ हजार खाजा खर्च 
महानगरले आफना क्षेत्रमा रहेका ६० वटा ढुंगेधारा , १० वटा पोखरी र १० वटा इनारलाई सरसफाई गर्न प्रत्येक क्षेत्रका समुदायलाई  ३ हजार खाजा खर्च उपलब्ध गराएको छ । साथ परम्परागत इनार सफा गर्नका लागि ५ हजार रुपैया उपलब्ध गराएको पनि महानगर सम्पदा शाखा प्रमुख चन्द्रशोभा शाक्य बताउँछन् । 
पानीका स्रोतहरु संरक्षण गरी मनाइने पर्व हो  सिथिनख । यसै पर्वको पुर्व सन्ध्यामा ललितपुर महानगरले  बिभिन्न स्थानका समुदायलाई आफनो क्षेत्रको पानीको परम्परागत स्रोत सरसफाई गर्नकालागि महानगरले सरसफाई सामग्री बितरण संगै जनचेतना समेत जगाउने काम गरेको छ । 

यी स्रोतहरु संरक्षणका लागि स्थानीयहरु लागेर मात्र नपुग्ने भन्दै यसकालागि कानुन नै आबश्यक पर्ने र जनप्रतिनिधीहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । 
परम्परागत पानीको स्रोत मध्ये ऐतिहासिक तथा धार्मिक  सप्तपाताल पोखरीमा पानी पर्याप्त पुरयाउन लेलेदेखि सप्तपाताल सम्मको  राजकुलो बिउतनुपर्ने संरक्षणकर्मी राजिब श्रेष्ठको जोड छ । यसका लागि लेलेदेखि सुनाकोठीसम्मको राजकुलोले जिबन्तता पाइसकेको छ भने त्यसपछिको भाग बन्ने क्रममा छ । 

पानीको स्रोत संरक्षणमा क्रियाशिल प्रकाश अमात्यले पानीको समस्या झेल्दै आएका ललितपूरबासीले मेलम्ची नआउन्जेलसम्मका लागि आकाशे पानीजम्मा गर्ने र शुद्धिकरण गरी प्रयोग गर्न सकिने बताउछन । 
आकाशे पानी जम्मा हुने पाटन औद्योगिक क्षेत्र देखि जावलाखेलसम्मको क्षेत्र भएकाले यस क्षेत्रको संरक्षण गरी आकाशे पानी संकलन गरी पानीको जोहो गर्न सकिने अमात्य बताउछन । 

जमिनमुनिको पानी सकिदै गएकाले आकाशे पानी संकलन गर्नुको बिकल्प नरहेको उनको भनाई छ । 
एक बर्ग मिटरको जमिनमा एक मिलिमिटर पानी पर्ने हो भने एक लिटर पानी जम्मा गर्न सकिने भएकाले प्रत्येक नगरपालिकामा आकाशे पानी संकलन गर्नका लागि मोटिभेसन सेवा प्रदान गर्नूपर्नेमा उनको जोड छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ