arrow

कृषि अनुसन्धानको भ्रमण टोली चढेको बस दुर्घटना, ३४ घाइते

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
palpa-accident.jpg

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को बस मंगलवार कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भोजपुरे गोलाईमा ‘ब्रेकफेल’ भएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करीब १५० मिटर खोलामा खसेपछि बसमा रहेका सबै यात्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान सूर्य सिवाकोटीले बताए ।

बसमा सवार ३१ जना घाइते यात्रुलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने तीन जना घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ