arrow

सुस्त मनस्थितिकी बालिका माथि पटक पटक बलात्कार

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार ५ मंगलबार
Rape-Cases.jpg

बझाङ। तल्कोट गाउँपालिका वडा नं २ मा एक जना बालिकाको बलात्कार भएको छ । सुस्त मनस्थिति भएकी दलित बालिकाको स्थानिय ४० वर्षका फिट्टु कुँवरले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन ।
 
असार तीन दिउँसो नै बालिकाको बलात्कार भएको भए पनि घटनास्थल टाढा भएका कारण पिडितहरु प्रहरीको सम्पर्कमा आए पछि मात्र घटना सार्वजनिक भएको हो । दिउँसो ४ वजे तिर मदिरा सेवन गरेर मातेका आरोपी कुँबरले बालिकालाई उनकै गोठमा लगेर बलात्कार गरेको पिडितका आफन्तले बताएका छन । गाउँका सबै मान्छे खेतमा काम गर्न गएको बेला घटना भएको र घटना भैसके पछि बालिका चिच्याउदै बाहिर निस्केकाले अरुले थाहा पाएका थिए ।

आरोपी कुँवर अहिले फरार रहेका छन । सुस्तमनस्थिती भएकी १३ वर्षकी पिडित बालिका स्पष्ट रुपमा बोल्न पनि सक्दैनन । उनको जिल्ला अस्पताल बझाङमा स्वास्थ्य परिक्षण गरिएको  र मंगलबार मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी क्रृषिराम कुँवरले जानकारी दिए । आरोपिको खोजी कार्यको लागि आइतबार देखी नै प्रहरी परिचालन गरिएको र थप अनुसंन्धान भैरहेको उनले बताए ।   


सुस्त मनस्थिति भएकी सो बालिकाको यस अघी पनि थुपै्र पटक बलात्कार भएको स्वास्थ्य परिक्षणबाट देखिएको उनको स्वास्थ्य परिक्षणमा संलग्न एकजना स्वास्थ्य कर्मीले जानकारी दिएका छन । बालिकाको योनीमा विभिन्न खालका संक्रमणहरु देखिएको र योनिको आकार अस्वभाविक रुपमा बढेकोले यस अघी पनि पटक पटक बलात्कार भएको हुन सक्ने ति स्वास्थ्यकर्मीको अनुमान छ । बालिका सँग कुराकानी गर्दा पनि  यस अघि सोही व्यक्तीले खोलामा घट्टमा बलात्कार गरेको बताएको उनको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ