arrow

चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह 

logo
प्रकाशित २०७५ असार ६ बुधबार
oli-china-speech.jpg

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बुधबार चिनियाँ व्यवसायी र नेपाली व्यवसायीबीच भएको सहमति र सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्ने वातावरण भएकाले बिना कुनै शंका लगानी गर्न आग्रह गरेका हुन् । 

उनले नेपालमा बहुमतको सरकार भएको र बन्द हड्ताल समेत नहुने भएकाले चिनियाँ लगानीकर्ताहरुले नेपाली व्यवसायीसंग मिलेर काम गर्न पनि आग्रह गरे । 

प्रधानमन्त्री ओलीले दुई देशबीच अनुकुलता प्रदान गर्ने नीति रहेकाले सम्भावना र अनुकुलताबारे आश्वत रहन आग्रह समेत गरेका छन् । 

उनले अहिलेसम्म प्राप्तिको लागि लडाइँ लडेकाले नेपालमा विकासको क्रम रोकिएको तर अब प्राप्तिको लडाइँ सकिएकाले केवल ‘समृद्ध नेपाल सुखी नेपाली’ को महाअभियान लाई सफल पार्नुपर्नेमा जोड दिए । 

उनले नेपाल चीनबीचको सम्बन्धलाई प्रगाढ बनाएर विकास र समृद्धिमा लगाउन पनि आग्रह गरेका छन् । ओलीले नेपाली दाजुभाइ दिदीबहिनीले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसासमेत गरेका छन् । उनले नेपाल भित्र र बाहिर बसेर विकासमा लगानी गरेका नेपालीको पनि सराहना गरेका छन् । 

नेपाल र चीनबीच व्यापारिक विषयमा विभिन्न सहमति र सम्झौता भएको छ । उर्जा र इन्फ़्रास्ट्रक्चरमा बेग्लाबेग्लै ६ वटा सम्झौतापत्रमा हस्ताक्षर भएका छन् । 

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्दैछन् । ओली ६ दिन औपचारिक भ्रमणका लागि चीन आएका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ