arrow

मोदीको प्रस्ताव र शुशील कोइरालाको समर्थनमा राष्ट्रसंघबाट पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको थालनी 

चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहिबार

logo
प्रकाशित २०७५ असार ६ बुधबार
modi-koirala-final.jpg

काठमाडौँ । चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा योगपीठका ट्रष्टी शालिग्राम सिंहले जानकारी दिए ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालमा चौथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५०० फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएको र यसले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरित गर्ने बताए ।

पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योग दिवस आयोजक समितिका संयोजक ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको धारणा राखे । 

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा पतञ्जलि योग समिति नेपालका जिल्लास्तरीय समितिमार्फत विद्यालय र समुदायलाई लक्ष्य गरी असार १ गतेदेखि साताव्यापी रूपमा योग र प्राणायामका चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको योगपीठले जनाएको छ । 

संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । 

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको समर्थनलाई विश्वका १७० भन्दा बढी देशले समर्थन गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ