arrow

गुरुले शशांकलाई भने ‘तपाईले विश्वप्रकाश र गगनलाई किन बोल्न दिनुभएन ?’

logo
प्रकाशित २०७५ असार ६ बुधबार
guru-sashank.jpg

हेटौंडा । नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापति भेला पनि विवादबाट अछुतो रहन सकेन । एकताको सन्देश लैजाने नाममा विरोधी स्वरहरु आउनै नदिन संस्थापनको विपक्षमा बोल्ने नेताहरुलाई संवोधन नै गर्न नदिइएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । 

मंगलबारदेखि हेटौंडामा जिल्ला सभापतिहरुको भेला जारी रहँदा उद्घाटन सत्रमा देउवा इतरका नेताहरुलाई बोल्न नदिइएपछि चर्को ओलोचना भएको हो । 

सो उद्घाटन सत्रमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले समेत बोल्न नपाएपछि उद्घाटन नै खल्लो भएको छ । 

त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापाले पनि बोल्न पाएनन् । 

यही विषयलाई लिएर मंगलबार साँझ भएको एक अनौपचारिक कार्यक्रममा नेता गुरु घिमिरेले महामन्त्री डा शशांक कोइरालालाई यसबारे गम्भीर प्रश्न सोधेका छन् । उनले फरक मतलाई किन संवोधन गर्न दिइएन भनेर प्रश्न गरे । 

उनले विश्वप्रकाश शर्मा, गगन थापाले किन बोल्न पाएनन् भनी शशांकसंग जवाफ मागे । शशांकले सदाझैं सुनिमात्र रहे । कुनै प्रतिक्रिया जनाएनन् । सहभागी अन्यले भने गुरुले ठीक प्रश्न राखेको प्रतिक्रिया दिए । 

पार्टी नेतृत्वले आफूहरुलाई बोल्न नदिइए पनि सिनियर नेताहरुलाई बोल्नबाट रोक्नु ठूलो षड्यन्त्र भएको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन् । 

गगन थापाले पार्टीको फोरममा बोल्न नपाए अन्त गएर बोल्ने बताए । यसले नेतृत्वको भण्डाफोर गर्न समेत सजिलो भएको छ । 

गुरु घिमिरेले शशांकलाई ‘पार्टी हारको जिम्मा देउवामात्र होइन तपाईको पनि लिनुपर्छ’ भने । उनले अगाडि थपे, ‘तपाईको पनि पार्टीलाई यहाँसम्म ल्याउन हात छ, तपाईले पनि जिम्मेवारी लिनुपर्छ ।’

डा शशांकले कहिले मुख खोल्लान् भनी काँग्रेसजनमा प्रतिक्षा बढ्दो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ